Home / Blogs / नयाँ फिचरका साथ आयो यामाहा फेसिनो १२५ एफआई स्कुटर
  • Upcoming Scooters
  • 0

नयाँ फिचरका साथ आयो यामाहा फेसिनो १२५ एफआई स्कुटर

Nepal Auto Trader

Share this News

image

यामाहाले फेसिनो १२५ एफआई स्कुटरलाई हाइब्रिड भर्सनमा सार्वजनिक गरेको छ । सो स्कुटरलाई यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्युले नेपाली बजारमा पनि छिट्टै सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले फसिनो १२५ को हाइब्रिड भर्सनमा नयाँ एक्सटेरियर लुक दिनुका साथै यसमा नयाँ फ्रेस कलर स्किम पनि ल्याएको छ । कम्पनीले यो स्कुटर अघिल्लो महिना नै सार्वजनिक गर्ने तयारी गरेको थियो तर कोरोना भाइसरका कारण राेकिएको थियो ।


यामाहा फेसिनो १२५ एफआई हाइब्रिडमा बीएस६ मापदण्डयुक्त एयरकुल्ड, फ्युल इन्जेक्टेड, १२५ सीसीको ब्लुकोर इन्जिन दिइएको छ, जसले ८.२ पीएस पावर र १०.३ एनएम टर्क जेनेरेट गर्छ । कुल तौल ९९ केजी रहेको फेसिनो डिस्क र ड्रम दुवै भेरिएन्टमा उपलब्ध हुनेछ । यसको लम्वाई १९२० एमएम, चौडाई ६८५ एमएम, उचाई ११५० एमएम र ह्वीलवेस १२८० एमएम रहेको छ भने यसको ग्राउन्ड क्लियरेन्स १४५ एमएम रहेको छ ।


नयाँ यामाहा फेसिनोमा स्मार्ट मोटर जेनेरेटर (एसएमजी) सिस्टम दिइएको छ, जसले स्कुटर स्टार्ट गर्ने समयमा हुने इलेक्ट्रिक मोटरको जस्तै काम गर्छ । यो स्कुटरमा एड्भान्स्ड एलईडी हेडलाइट, डीआरएल र एलईडी टेललाइट उपलब्ध छ । साथै यसमा कनेक्ट एपको सहयोगले ब्लुटुथ कनेक्ट गर्न सकिन्छ जसमा आन्सर ब्याक, लोकेट माई भेइकल, राइडिङ हिस्ट्री, पार्किङ रेकर्ड र हजार्ड जस्ता फिचर उपलब्ध छन ।


कम्पनीका अनुसार फेसिनो १२५ पहिला भन्दा ३० प्रतिशत बढी पावरफुल रहेको छ । यो स्कुटरको मूल्य अहिले सार्वजनिक गरिएको छैन । यसको मूल्य २ लाख ७८ हजार ९०० रुपैयाँ हुने अनुमान गरिएको छ । नेपाली बजारमा हाल उपलब्ध यामाहा फेसिनो १२५ एफआईको मूल्य २ लाख ५६ हजार ९ सय रुपैयाँ छ । नेपाली बजारमा यो स्कुटर अब केही समय पछि सार्वजनिक हुनेछ ।

Our latest comments