Home / Blogs / यामाहा हस्कभर्ना इलेक्ट्रिक स्कुटर अब छिट्टै सार्वजनिक हुने
  • Upcoming Bikes
  • 0

यामाहा हस्कभर्ना इलेक्ट्रिक स्कुटर अब छिट्टै सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

अहिले विश्वमा वातावरणिय मुद्दा निकै गम्भिर रुपमा उठेको छ । साथै, गाडी निर्माता कम्पनीहरु पनि वातावरण मैत्री सवारीसाधन उत्पादनमा ठूलो लगानीसहित तयार भएका छन् । अहिलेको बजारमा इलेक्ट्रिक कारको सीमित विकल्प मात्र उपलब्ध रहेको छ । तर ई बाइक र स्कुटरमा धेरै विकल्प रहेको छ । सो क्रममा  दुई नयाँ कम्पनी सो सेगमेन्टमा प्रवेश गर्ने तयारी गर्दैछ । रिपोर्टका अनुसार यी दुई कम्पनी हस्कभर्र्ना र यामाहा रहेका छन् । 

हस्कभनाको इलेक्ट्रिक बाइक ई–प्यालेन जस्तै ई–०१ इलेक्ट्रिक स्कुटर बजाजको पुणेमा स्थित प्लान्टमा निर्माण गर्नेछ । सन २०२२ सम्ममा यसको उत्पादन सुरु हुनेछ । रिपोर्टका अनुसार सो स्कुटरमा ४ केडब्ल्यु र १० केडब्ल्यु मोटर समावेश गरिने छ । हालको लागि केटीएम र हस्कभर्नाको प्यारेन्ट कम्पनी पाइरेर मोविलिटीले सो स्कुटरको कन्सेप्ट डिजाइन शेयर गरेको छ । ई–०१ यसको फाइनल नाम भने होइन, यसलाई अन्य कुनै नामले सार्वजनिक गरिने छ ।

मिडिया रिपोर्टका अनुसार यामाहा दुई वर्ष भित्र जीरो एमिशन टु ह्वीलरमा प्रवेश गर्न तयारी गर्दैछ । जापानी निर्माताको लागि हाल तमिलनाडु, हरियाणा र उत्तर प्रदेशमा प्रोडक्शन प्लान्ट रहेको छ । यद्यपि कम्पनी इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गर्नको लागि तयारी गर्दैछ । कम्पनीको निर्णय चार्जिङ इन्फ्रास्ट्रक्चर र सरकारको नीतिमा निर्भर रहने छ । नेपालमा पहिलो पटक बीएस ६ इन्जिन भएका स्कुटर ल्याउनेपनि यामाहा नै भएको छ । कोभिडका लामो बन्दाबन्दीको बीच सार्वजनिक भएको फसिनोले निकै राम्रो व्यापार गर्न सफल भएकोले कम्पनीले नयाँ स्कुटर ल्याउन लागेको जनाएको छ ।

Our latest comments