Home / Blogs / यामाहा एरोक्स बजारमा सार्वजनिक , नेपालमा कहिले ?
  • Upcoming Bikes
  • 0

यामाहा एरोक्स बजारमा सार्वजनिक , नेपालमा कहिले ?

Nepal Auto Trader

Share this News

image

यामाहा एरोक्स १५५ स्पोर्टी र स्टाइलिस स्कुटर मलेसिया, इन्डोनेसिया, भियतनाम र फिलिपिन्समा बिक्री वितरण भइरहेको छ । यससँगै यामाहाले नेपाली  बजारमा यो स्कुटर लन्च गर्ने सक्ने सम्भावन बढेको छ । भारतीय बजारमा प्रिमियम स्कुटरको बजार बृद्धि हुँदै गइरहेको अबस्थामा यो स्कुटर यामाहाले  नेपाली  बजारमा भित्र्याउने सम्भावना देखिन्छ ।

निकै आकर्षक डिजाइन रहेको यो स्कुटरमा निकै पावरफुल इन्जिन दिइएको छ । यसअघि यो स्कुटर २०१६ मा मलेसियमा सार्वजनिक भएको थियो । हाल यो स्कुटर मलेसियामा एनभीएक्स–१५५ नाममा बिक्री भइरहेको छ ।गत बर्ष आश्चर्यजनक रुपमा यामाहाको भारतीय डिलरमा देखिएको यो स्कुटर भारतमा सार्वजनिक हुने हल्ला फैलिएको थियो । तर हालसम्म सार्वजनिक भने भएको छैन ।

यामाहा एरोक्समा ५.८ इन्जको डिजिटल कन्सोलका साथै ट्वीन एलइडी हेडल्याम्प रहेको छ । यसमा मोवाइल चार्जर, स्मार्ट कि,  १४ इन्च अलोय ह्वील, डिस्क ब्रेक, सिगंल च्यानल एबीएस, १४२ एमएम ग्राउन्ड क्लियरेन्स, ७९० एमएमको सिट हाइट जस्ता थुप्रै फिचर रहेका छन् जसले यो स्कुटरलाई बाइक झै पावरफुल बनाएको छ ।

यो स्कुटरमा १५५ सीसी सिगंल सिलिन्डर वाटर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८ हजार आरपीएममा १४.८ बीएचपी पावर र ६ हजार आरपीएममा १३.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा कम्पनीले आर–१५ भी ३को जस्तै भिभिए टेक्नोलोजीको प्रयोग गरेको छ । यसले स्कुटरमा लो तथा हाइ आरपीएममा उत्कृष्ट पावर डेलिभर गर्छ ।

नेपाली बजारमा यो स्कुटर आउन केही समय लाग्ने छ । नेपालको लागि यामाहाको आधिकारीक बिक्रेता मोरङ अटो वर्कसका अनुसार भारतीय बजारमा आएको केही समयपछि नेपाल ल्याउन प्रयास हुने छ । अहिले भारतीय बजारमा आउने क्रममा रहेकाले नेपाल कहिले आउँछ अहिल्यै भन्न सकिने अबस्था छैन ।

Our latest comments