Home / Blogs / फक्सवागन टाइगुन नेपाली बजारमा सार्वजनिक हुँदै
  • Upcoming Cars
  • 0

फक्सवागन टाइगुन नेपाली बजारमा सार्वजनिक हुँदै

Nepal Auto Trader

Share this News

image

फक्सवागनको बहुप्रतीक्षित एसयूभी टाइगुन अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ  ।  विश्व प्रसिद्ध जर्मन कार कम्पनी फक्सवागनले धेरै बर्ष अघी देखी भारतमा आफ्नो उत्पादन सुरु गर्दै आएको छ । फक्सवागनको सबैभन्दा सफल गाडी कम्प्याक्ट एसयूभीको सेग्मेन्टमा नयाँ एसयूभी टाइगुन चाँडै नेपाली बजारमा सार्वजनिक हुने फक्सवागनको नेपालको लागि आधिकारीक वितरक पुजा इन्टरनेशनलले जनाएको छ । फक्सवागनले पहिलो मेड इन इन्डिया मोडलको रुपमा टाइगुन एसयूभी नेपाल आउन लागेको हो । 


फक्सवागनले टाइगुन एसयूभीमा १.० लिटर टीएसआई पेट्रोल इन्जिन रहने छ, जसले ११५ एचपी पावर तथा २०० एनएम टर्क उत्पादन गर्ने छ भने अर्को अप्सनको इन्जिन १.५ लिटर रहने छ जसले १५० एचपी पावर प्रदान गर्ने छ । सो कारमा डिएसजी टुइन क्लच अटोमेटिक गियरबक्स रहने छ जुन कार फक्सवागन ग्रुपको प्रख्यात एमक्युबी प्लाटफर्ममा निर्माण भएको छ । यसैगरी एसयूभीको लम्बाई ४२१८ एमएम, ह्वीलबेस २६५१ एमएम तथा २०५ एमएमको ग्राउण्ड क्लिएरेन्स रहेको छ । डिजेल इन्जिनमा भने  सो एसयूभी उपलब्ध हुने छैन । 


एसयूभी टाइगुनमा १० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, सफ्ट टच मेटिरियलको ड्यासबोर्ड, सानो सनरुफ जस्ता विशेषता यसमा पाउन सकिन्छ ।  त्यस्तै सो कारमा होरिजेन्टल ग्रिल, ग्रिलमा चंकी क्रोम, फगल्याम्प, १७ इन्चको अलोय ह्वील, २६५१ एमएमको ह्वीलवेस, प्रोजेक्टर हेडल्याम्प, जस्ता फिचर पाउन सकिन्छ । सुरक्षाका लागि टाइगुनमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ६ वटा एयरब्याग, आइसोफिक्स एंकर, हिल होल्ड असिस्ट, पार्किङ सेन्सर र टायर प्रेसर  दिइएको छ । 


कम्फर्ट, हाईलाइन र टपलाइन गरी भिन्न ३ भेरिएन्टमा उपलब्ध रहने टाइगुन म्यानुअल र अटोमेटिक गरी दुईवटै ड्राइभिङ अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । सो एसयुभीको नेपाली बजार मुल्य ५५ देखि ७० लाख हाराहारी पर्ने अनुमान गरिएको छ तर अहिलेलाई भने यसको मुल्यको बारेमा कुनै आधिकारीक जानकारी कम्पनीले दिएको छैन । फक्सवागन टाइगुनले हुन्डाई क्रेटा, किया सेल्टोस र निसान किक्स जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ । टर्बो इन्जिनको कारण सो एसयूभीको पावर उत्कृष्ट रहने छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।




Our latest comments