Home / Blogs / रोयल इन्फिल्ड मेटियर अब इलेक्ट्रिक भर्सनमा सार्वजनिक हुने
  • Upcoming Bikes
  • 0

रोयल इन्फिल्ड मेटियर अब इलेक्ट्रिक भर्सनमा सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

अहिले नेपाली बजारमा इलेक्ट्रिक साधनको माग दिनहु बढिरहेको छ, सोही क्रममा रोयल इन्फिल्डले पनि इलेक्ट्रिक बाइक सार्वजनिक गर्ने निर्णय गरेको छ । रोयल इन्फिल्डको निकै प्रख्यात मोटरबाइक मेटियर अब इलेक्ट्रिक भर्सनमा आउने भएको छ ।  कम्पनीले अब चाँडै नै सो इलेक्ट्रिक मोटरबाइक सार्वजनिक गर्ने भएको छ । नेपाली बजारमा समेत विभिन्न ब्रान्डका इलेक्ट्रिक टु ह्विलर हाल बिक्री भाईरहेका छन । यदी सो बाइक नेपालमा पनि सार्वजनिक भयो भने, सो इलेक्ट्रिक बाइकको सफलता राम्रै मिल्नेछ ।


कम्पनीले सो इलेक्ट्रिक मोडलको बारेमा भने अहिले केही जानकारी प्रदान गरेको छैन तर इन्फिल्ड ३५० को इलेक्ट्रिक भर्सनको चर्चा बजारमा निकै चलेको छ । रोयल इन्फिल्डले २०२३ मा पहिलो इलेक्ट्रिक बाइक सार्वजनिक गर्ने अठोट लिएको  छ । हालै बजारमा रोयल इन्फिल्ड मेटियर ३५० को डमी इलेक्ट्रिक मोडलको एक झलक देखिएको छ जुन मोटरबाइक ड्युअल टोन कलर (ब्लु र ह्वाइट) थिममा रहेको छ ।  केही समय अघि सार्वजनिक भएको ‘मिटियोर ३५०’ सार्वजनिक पनि निकै रुचाइएको थियो । 


आउने रोयल इन्फिल्ड इलेक्ट्रिक मोटरसाइकलमा फ्युल ट्यांकको माथि ह्वाइट र तल ब्लु रङको हुने सम्भावना रहेको छ । साथै सो बाइकको ह्वील रिम्समा ब्ल्याकको साथमा ब्लु टच दिनेछ । सो मोटरसाइकलको साइड प्यानलमा नामसगैं इभी लेखिएको हुनेछ । रायल इन्फिल्ड मोटरसाइकलको २०० देखि ५०० सिसीसम्मको सेग्मेन्टमा नेपाली बजारमा निकै चर्चित छन । प्रिमियम मोटरसाइकल मनपर्नेहरुको लागि रोयल इन्फिल्ड युवा बर्गको लागि मात्र नभई सबैको रोजाईमा पर्ने गरेको छ ।  सो बाइक नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुनेछ । 

Our latest comments