Home / Blogs / रोयल इन्फिल्डका ४ नयाँ मोटरबाइक सार्वजनिक हुने
  • Upcoming Bikes
  • 0

रोयल इन्फिल्डका ४ नयाँ मोटरबाइक सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

रोयल इन्फिल्डले अब छिट्टै बजारमा नयाँ  रेन्जको मोटरबाइक सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले यो वर्षको अन्तसम्ममा ४ बाइक सार्वजनिक गर्ने भएको छ । सो बाइक कम्पनीले नयाँ प्लेटफर्मको साथमा सार्वजनिक गर्ने सम्भावना रहेको छ । सो मोटर बाइक नेपाली बजारमा पनि उपलब्ध हुने छन । नेपाली बजारमा कहिले सार्वजनिक हुने मिती भने सार्वजनिक भएको छैन ।


कम्पनीले ३५० सीसी सिंगल सिलिन्डर इन्जिनको साथमा ३ नयाँ बाइक पहिले सार्वजनिक गर्नेछ । सो बाइकले हाल उपलब्ध क्लासिक र थन्डरबर्डलाई रिप्लेस गर्नेछ । कम्पनीले नयाँ क्लासिक ३५० पनि सार्वजनिक गर्नेछ । यसको साथै मेटियरको साथमा ३५० सीसीको क्रुजर बाइक पनि सार्वजनिक हुनेछ । कम्पनीले हालै क्लासिक ५०० ट्रिब्युट ब्ल्याक लिमिटेड एडिसन मोडल ब्रिटेनमा सार्वजनिक गरेको थियो । सो बाइक १ हजार युनिट मात्र उत्पादन गरेको थियो ।  सो बाइकलाई आकर्षक देखाउनको लागि टु टोन मेट ब्ल्याक र ग्लास ब्ल्याक कलरको साथ युनिक पेन्ट स्किम समावेश गरेको छ ।


कम्पनीले ३५० सीसीको बाहेक ६५० सीसी इन्जिनको बाइक पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सो बाइक ६५० सीसीको पावरफुल ट्वीन सिलिन्डर इन्जिन साथमा उपलब्ध रहेने छ । यो भन्दा पहिला कन्टिनेन्टल जीटी ६५० र इन्टरसेप्टर ६५० बाइक सार्वजनिक भइसकेको छ । कम्पनीको ६५० सीसीको नयाँ बाइक परीक्षणको समयमा देखा परेको थियो । सो बाइक रोयल इन्फिल्ड ६५० ट्वीनसँग मिल्दोजुल्दो रहेको छ । रिपोर्टका अनुसार नयाँ बाइक फ्रेममा उपलब्ध हुने सम्भावना रहेको छ । यसको साइडमा समावेश गरेको मेटल ट्युबिंग ६५० सीसी ट्वीन फरक देखिएको छ । यसको साथै रियर सक पनि फरक तरिकाले राखिएको छ ।

Our latest comments