Home / Blogs / एसयूभी ‘रेनो काइगर’ सार्वजनिक; नेपालमा छिट्टै आउने
  • Upcoming Cars
  • 0

एसयूभी ‘रेनो काइगर’ सार्वजनिक; नेपालमा छिट्टै आउने

Nepal Auto Trader

Share this News

image

रेनोको पहिलो कम्प्याक्ट एसयूभी रेनो काइगर सार्वजनिक भएको छ । कम्पनीले रेनो काइगरको जनवरी २८ मा ग्लोवल प्रिमियर गरेको थियो ।रेनो काइगर सीएमएफ–ए प्लस प्लेटफर्ममा विकसित गरिएको सब फोर मिटर एसयूभी हो । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो काइगर छिट्टै नै नेपाली बजारमा उपलब्ध गराउने बताएको छ । विशेषत युवा पुस्तालाई ध्यानमा राखेर रेनो काइगर बजारमा सार्वजनिक गरिएको हो । 


रेनो काइगर दुई पेट्रोल इन्जिन र तीन ट्रान्समिसन अपसनमा उपलब्ध हुनेछ । १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ भने १.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ९८ बीएचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यसलाई ५ स्पीड म्यानुअल र सिभीटी गियरबक्समा सार्वजनिक गरिएको छ । रेनो क्विडबाट प्रेरित एसयूभी रेनो काइगरमा १६ इन्चको अलोय ह्विल दिइएको छ जसले गर्दा सो एसयूभी आकर्षक ड्युअल टोन डिजाइनमा देखिएको छ ।




रेनो काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर पाउन सकिन्छ । त्यसैगरी यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ जसले वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्दछ । यसका साथै काइगरमा ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका  फिचर पनि पाउन सकिन्छ ।


रेनोको पहिलो सब फोर मिटर एसयूभी काइगर नेपालको आधिकारीक वितरक एडभान्स अटोमोवाइलले अप्रिल महिनासम्ममा नेपाल ल्याउने तयारी भएको जनाएको छ । रेनो काइगरले नेपाली बजारमा किया सोनेट, हुन्डाई भेन्यु, महिन्द्रा एक्सयूभी३००, सुजुकी भिटारा ब्रेजा, फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन र निसान म्याग्नाइट जस्ता कारसँग सिधै प्रतिस्पर्धा गर्नेछ । रेनो काइगरको नेपाली मुल्य भने गाडी सार्वजनिक हुने लगतै थाहा हुने एडभान्स अटोमोवाइलले जनाएको छ । भारतमा भने यसको बेस भेरिएन्टको मूल्य ५ लाख ४५ हजार र टप भेरिएन्टको मूल्य ९ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

Our latest comments