Home / Blogs / नयाँ जेनेरेशन फोर्ड एभरेष्ट नेपालमा सार्वजनिक हुँदै; यस्ता छन बिशेषता
  • Upcoming Cars
  • 0

नयाँ जेनेरेशन फोर्ड एभरेष्ट नेपालमा सार्वजनिक हुँदै; यस्ता छन बिशेषता

Nepal Auto Trader

Share this News

image

फोर्डले आफ्नो चर्चित एसयूभी एभरेष्टको नयाँ जेनेरेशन मोडल बजारमा सार्वजनिक गरेको धेरै समय भएको छैन । नयाँ जेनेरेशन फोर्ड एभरेष्ट अब चाँडै नेपाली बजारमा पनि सार्वजनिक हुने कम्पनीले जनाएको छ । नेपालका लागि फोर्डको आधिकारीक वितरक जिओ फोर्डले एभरेष्टको बुकिङ लिइरहेको पनि जानकारी दिएको छ । नयाँ जेनेरेशन एभरेष्ट फोर्डको चर्चित पीकअप रेन्जर मोडलबाट प्रेरित छ । पहिलेको तुलनामा नयाँ एभरेष्ट निकै आकर्षक रहेको कम्पनीले दाबी गरेको छ ।


फोर्ड एभरेष्ट २.० लिटर टर्बो डिजेल र ३.० भि ६ टर्बो डिजेल गरी दुई इन्जिन अपसनमा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध रहेको छ भने  एभरेष्ट नेपाली बजारमा २.० लिटर टर्बो डिजेल इन्जिनमा आउने कम्पनीले जनाएको छ । यसमा दिइएको इन्जिनले २१३ पीएस पावर र ५०० एनएम टर्क जेनेरेट गर्दछ । यसमा ६ स्पीड म्यानुयल र १० स्पीड अटोमेटीक गियरबक्स दिइएको छ । नयाँ फोर्ड एभरेष्टमा कोइल स्प्रीङ सहितको डबल विसवोन सस्पेन्सन दिइएको छ जसले गर्दा अफरोड ड्राइभिङलाई पनि सहज बनाउन मद्दत गर्दछ ।


फोर्ड एभरेष्टको लम्बाई ४८९२ एमएम, चौडाई १८६० एमएम, उचाई १८३७ एमएम, २८५० एमएम ह्वीलवेस र २२५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा २४९ लिटर क्षमताको बुट स्पेश र ८० लिटरको इन्धन ट्याङ्की रहेको छ । यसको वजन भने २४७७ केजी रहेको छ । हाल उपलब्ध एभरेष्टको तुलनामा ५० एमएम लामो ह्वीलवेस र ५० एमएम बढी फराकिलो भएको कारण नयाँ एसयूभीमा निकै धेरै स्पेश पाउन सकिन्छ ।


फोर्ड एभरेष्ट वेस र टप गरी दुई भेरियन्टमा उपलब्ध छ । यसको वेस भेरियन्टमा १०.१ इन्च टच स्कृन र ८ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ भने टप भेरियन्टमा १२ इन्चको टच स्कृन र १२.४ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ । फोर्डको टप भेरियन्टमा एम्बीयन्ट लाइट, भ्यान्टिलेटेड सिट, वायरलेस चार्जर, अटोमेटीक क्लाइमेट कन्ट्रोल, फोर्डको पास कनेक्ट कार टेक, पानारोमिक सनरुफ, कुल्ड ग्लोबबक्स, पावर फोल्डिङ थर्ड रो सिट, पावर टेलगेट जस्ता बिशेषता उपलब्ध रहेका छन् ।


सुरक्षाको तवरबाट पनि फोर्ड एभरेष्ट उत्कृष्ट रहेको छ । सुरक्षाको लागि नयाँ एभरेष्टमा ९ वटा एयरव्याग, ह्याण्ड-फ्रि पार्किङ, एडाप्टीभ क्रुज कन्ट्रोल, फोर्डको प्रि-कोलिजन एसिस्ट जस्ता फिचर उपलब्ध रहेका छन् । यो गाडीलाई अपहोल्स्टर्ड सिट, प्रिमियम इन्टेरियर, ड्युअल क्लाइमेट कन्ट्रोल र ड्यअुल प्यानल सनरुफले निकै आकर्षक बनाएको छ । निकै ठूलो ग्रिलको साथ आएको एभरेष्टमा म्याट्रीक्स एलइडी हेडल्याम्प, सी आकारमा दिइएको डे टाइम रनिङ लाइट र एल आकारमा दिइएको एलइडी टेल लाइट पाउन सकिन्छ ।


हाल नेपाली बजारमा उपलब्ध फोर्ड एभरेष्टको मुल्य १ करोड ९९ लाख मूल्य तोकिएको छ भने नयाँ जेनेरेशन फोर्ड एभरेष्टको नयाँ नेपाली मुल्य भने खुलाइएको छैन । यो गाडी सन् २०२२ को मध्यतिर नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments