Home / Blogs / अल्टोको नयाँ मोडल अब छिट्टै सार्वजनिक हुने
  • Upcoming Cars
  • 0

अल्टोको नयाँ मोडल अब छिट्टै सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

मारुती सुुजुकी अल्टोको प्रिमियर मोडल अब छिट्टै सार्वजनिक हुने भएको छ । नयाँ अल्टोको डिसेम्बर २०२० मा डेब्यू हुनेछ ।  नेपाली बजारमा  अल्टो कार बढी बिक्री हुने कार मध्य एक हो । हाल उपलब्ध मोडल भन्दा नयाँ मोडल लामो हुने जानकारी आएको छ । नयाँ सुजुकी अल्टोको नयाँ मोडलमा नयाँ डिजाइनको ग्रिल हुनेछ भने यसको साथै कारमा अपडेटेड बम्पर र रिभाइज्ड हेडल्याम्प समावेश गरिने छ । नयाँ अल्टोमा नयाँ डिजाइन भएको ह्विल्स, अपडेटेड टेलल्याम्प र बम्परको साथमा उपलब्ध हुनेछ ।


सो नयाँ मोडल अल्टोको हायर भेरिएन्टमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पनि समावेश गरिनेछ भने नेक्स्ट जेनेरेसन अल्टो नयाँ हार्टटेक प्लेटफर्ममा आधारित हुनेछ । कम्पनीका अनुसार अल्ट्रा र एडभान्ड हार्ई स्ट्रेन्थ स्टिलको प्रयोग गरी सो मोडल निर्माण गरिएको छ । सो कारमा कस्मेटिक परिवर्तन, फिचर अपग्रेड र नयाँ प्लेटफर्मको कारण यसको मूल्यमा अलि बढोत्तरी हुनेछ । सो सुजुकी अल्टो नयाँ आर०६डी ६५८ सीसी इन्जिनको साथमा उपलब्ध हुनेछ । सो इन्जिनले ६८ बीएचपीको पावर जेनेरेट गर्छ ।


 नयाँ मोडल अल्टोको स्पोर्टी भर्सन पनि उपलब्ध हुनेछ जसमा टर्बाेचाज्र्ड इन्जिन हुनेछ । २०२१ मारुती सुजुकी अल्टो ७९६ सीसी नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनको साथमा उपलब्ध हुने सम्भावना रहेको छ । जसले ४८ बीएचपीको पावर ६९ एनएमको टर्क जेनेरेट गर्छ । सो कार म्यानुअल र एएमटी गियरबक्सको विकल्पमा उपलब्ध हुनेछ । नयाँ मोडल ड्युअल एयरब्यागको विकल्पमा भन्दा स्ट्यान्डर्ड सेफ्टी फिचर हुनेछ । हाल उपलब्ध मोडलमा स्ट्यान्डर्ड सेफ्टी किटमा ड्राइभर एयरब्याग, ईबीडीको साथमा एबीएस, रिभर्स पार्किङ सेन्सर, को ड्राइभर सिट बेल्ट रिमाइन्डर र स्पिड अलर्ट सिस्टम समावेश रहेको छ ।





Our latest comments