हुन्डाई मोटर्स कम्पनिले आई २० एक्टीभमा नै आधारित रहेर चाँडै नयाँ क्रसओभर एसयूभी बायोन नेपाली बजारमा ल्याउने भएको छ । हुन्डाइको नेपालस्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ स्टाइलको क्रसओभर एसयूभी अब छिट्टै बजारमा ल्याउने अनुमान गरिएको छ । सो एसयूभी हुन्डाईको भेन्यूभन्दा कम मूल्यमा आउने कम्पनीको भनाइ छ । पछिल्लो समय कोरियाली मोटर्स कम्पनी हुन्डाई लगातार नेपालमा सबैभन्दा बढी कार बिक्री गर्ने कम्पनी बन्न सफल भएको छ ।
कम्पनीले हालै मात्रा नयाँ एसयूभी बायोनको भारतीय बजारमा टिजर पनि सार्वजनिक गरेको छ । विभिन्न रिपोर्ट अनुसार बायोन हुन्डाई आई २० को प्ल्याटफर्ममा आधारित रहने छ । यसको पावरट्रेन, ड्यासबोर्डको डिजाइन लगाएत अन्य कम्पोनेन्टहरु आई २० मा जस्तै आधारित रहने छ । शक्तिशाली बडी, उच्च क्षमताको इन्जिन, टिकाउ र चलाउन आरामदायी यो सवारीले एसयुभीको बढ्दो बजारमा आफ्नो अलग्गै पहिचान स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ ।
नयाँ क्रसओभर बायोन धेरैको चासोमा रहेकाले यो गाडीले नेपालमा पनि राम्रो व्यवसाय गर्ने कम्पनीले अनुमान गरेको छ । सो नयाँ क्रसओभरमा नयाँ जेनेरेशन क्रेटाको हेडलाइट सेटअप रहने छ । सो गाडीको पछाडि फरक खालको टेलल्याम्प पनि प्रयोग गरिने छ । हुन्डाईले सो नयाँ क्रसओभरमा रुफरेल तथा हेभी बडी क्लाडीङको प्रयोग गर्ने छ जसले गर्दा बायोन आक्रामक र स्टाइलिश देखिने छ । सन् २००५ मा टप एक सय कम्पनीमा पर्दै आएको हुन्डाई गत १५ वर्षदेखि नेपाली बजारमा उत्कृष्ट व्यापार गर्दै आएको छ ।
नयाँ क्रसओभर बायोनको पछिल्लो संस्करण आई २० स्टाइलसँगै क्षमतामा पनि उच्च स्तरको रहेको कम्पनीले जनाएको छ । नेपालमा यो एसयूभी अब छिट्टै नै सार्वजनिक हुने अनुमान गरिएको छ । आई २० एक्टीभले नेपालमा राम्रो बजार पाएको छ, सो आधारलाई मनन गर्दै क्रसओभर बायोनलाई लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल ल्याउने छ । हुन्डाइ कम्पनीले नेपालमा इन्टि्र लेवलदेखि महंगा गाडीसम्म बिक्री गर्दै आएको छ । खासगरी हुन्डाइको इओएन र आइटेन गाडी बढी बिक्री हुँदै आएको छ ।
PREVIOUS NEWS