नेपाली बजारमा स्कोडाले आगामी जनवरी २०२२ मा अपडेटेड कोडियाक ७ सिटर एसयूभी सार्वजनिक गर्ने भएको छ । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले स्कोडाका गाडीहरु नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ । नयाँ स्कोडा कोडियाकमा आधुनिक टेक्नोलोजी र अपडेट स्टाइल समावेश गरिएको कम्पनीले जनाएको छ । आर्कषब डिजाइन र प्रिमियम फिचरहरुले स्कोडा कोडियाकलाई अझै माथि पुराउने एमएडब्लुले उल्लेख गरेको छ ।
नयाँ स्कोडा कोडियाकमा नयाँ २.० लिटर टर्बाे पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले १९० पीएसको पावर र ३२० एनएमको टर्क जेनेरेट गर्दछ । डिजेल इन्जिनको विकल्प नभएको सो एसयूभीमा ७ स्पिड डुअल क्लच अटोमेटिक गियरबक्स दिइएको छ । सो एसयूभीमा अल ह्वील ड्राइभ सिस्टम पनि उपलब्ध छ । कोडियाकको लम्बाई ४७०५ एमएम, चौडाई १८८२ एमएम, उचाई १६६५ एमएम, २७९१ एमएम ह्वीलवेस र १८८ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा २७० लिटर क्षमताको बुट स्पेश र ६३ लिटरको इन्धन ट्याङ्की रहेको छ ।
नयाँ कोडियाकमा अपडेटेड फ्रन्ट ग्रिल, एलईडी म्याट्रिक्स हेडल्याम्प, नयाँ फ्रन्ट र रियर बम्पर र आकर्षक बोनट समावेश गरिएको छ । सो कारमा नयाँ डिजाइनको अलोय ह्वील र टेलल्याम्प दिइएको छ । नयाँ कोडियाकमा १०.२५ इन्चको भर्चुअल ककपिट डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १० स्पिकर क्यान्टन साउन्ड सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एम्बियन्ट लाइटिङ जस्ता बिशेषता दिइएको छ । सो कारमा ९।२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पनि उपलब्ध छ । यसमा एडजस्टेबल लेदर एर्गोनोमिक्स सिट उपलब्ध छ ।
स्कोडा कोडियाक पाँच कलर अप्सन लाभा ब्लु, क्वार्ज ग्रे, मुन ह्वाइट, म्याजिक ब्ल्याक र अल न्यु म्याग्नेटिक ब्राउनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । स्कोडाको पहिलो फुल साइज एसयूभीका रुपमा स्कोडा कोडियाक केही बर्ष अघी नै नेपाली बजारमा सार्वजनिक भएको थियो । स्कोडा एमएडब्लुले आगामी जनवरी २०२२ मा अपडेटेड कोडियाक ७ सिटर एसयूभी नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ । यसको मुल्य भने निर्धारण गर्नै बाँकी रहेको कम्पनीले जनाएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।