मारुती सुजुकी र टोयोटा नेपालमा सार्बधिक बिक्री हुने गाडीहरु मध्य एक हुन । दुबै ब्राण्डहरुको नेपाली बजारमा आ-आफ्नो छुट्टै पहिचान रहेको छ । बिगत लामो समय देखी सो गाडीहरुले नेपाली बजारमा आफ्नो सेवा दिदै आएका छन । यस्तै बिचमा टोयोटा र मारुती सुजुकीले नयाँ एसयूभी बनाउने घोषणा गरेका छन् । टोयोटा र मारुती सुजुकी बीच हालै भएको सम्झौँता अनुसार सो नयाँ एसयूभी दुबै ब्राण्डको लागि संयुक्तरुपमा बनाउने निर्णय भएको हो । सो एसयूभी अब छिट्टै बजारमा ल्याउने घोषणा पनि गरिएको छ ।
विशेषगरी एसियाली बजारको लागि टार्गेट गरिएको सो नयाँ एसयूभीले बजारमा हुन्डाई क्रेटा र किया सेल्टोससँग सिधै प्रतिस्पर्धा गर्ने छ । कम्पनीले नयाँ एसयूभी टोयोटाको प्लान्टबाट उत्पादन गरिने जनाएको छ । कम्पनीले बनाउन लागेको सो नयाँ एसयूभी ४.३ मिटर लामो हुनेछ । टोयोटा र मारुती सुजुकीले सो नयाँ एसयूभी टोयोटाको डिएनजीए प्ल्याटफर्म मार्फत उत्पादन गरिने जानाएको छ । नयाँ एसयूभीको लागि फरक बडी स्टाइलको प्रयोग गरिने कम्पनिले उल्लेख गरेको छ । सो नयाँ एसयूभीको लागि केही समय चाँही अवस्य प्रतिक्षया गर्नु पर्ने छ ।
मारुती सुजुकी र टोयोटाद्धारा निर्माण गर्ने लागिएको सो नयाँ एसयूभीमा मारुती सुजुकीको १.५ लिटर इन्जिन प्रयोग गरिने छ । साथ साथै, सो नयाँ एसयूभीमा नयाँ टर्बो इन्जिन अप्सनमा पनि आउने बताइएको छ । सो नयाँ एसयूभी डिजेल इन्जिनमा पनि उपलब्ध हुने छ । मारुती सुजुकीको ब्रेजा र टोयोटा फर्च्यूनरको बीचमा यो नयाँ एसयूभीलाई कम्पनीले बजारमा सार्वजनिक गर्ने कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२२ को सुरुवात बाट यसको आधिकारीक बिक्री सुरु गर्ने जनाएको छ । नेपाली बजारमा पनि सो नयाँ एसयूभी सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।
PREVIOUS NEWS
NEXT NEWS