Home / Blogs / नेपाली बजारमा सार्वजनिक हुँदै एमजी एचएस; खुल्यो बुकिङ
  • Upcoming Cars
  • 0

नेपाली बजारमा सार्वजनिक हुँदै एमजी एचएस; खुल्यो बुकिङ

Nepal Auto Trader

Share this News

image

ब्रिटिस मोटर कम्पनी मोरिस ग्यारेज (एमजी)को नयाँ एसयूभी एचएस नेपाली बजारमा अब छिट्टै सार्वजनिक हुने भएको छ । नेपालका लागि आधिकारीक वितरक प्यारामाउण्ट मोटर्सले सो एसयूभीका लागि बुकिङ खुल्ला गरिएको जानकारी पनि दिएको छ । नेपाली बजारमा एमजी एचएस १.५ लिटर इन्जिन अप्सनमा मात्रा उपलब्ध हुनेछ । एमजीको सो नयाँ एसयूभी बिशेषगरी अन्तरराष्ट्रिय बजारमा १.५ लिटर र २.० लिटर गरी दुई इन्जिन अप्सनमा उपलब्ध छन ।


एमजी एचएसमा भएको टर्बोचार्ज्ड फोर सिलिन्डर इन्जिनले १६२ बीएचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ ।  एसयूभीमा सिक्स स्पीड अटोमेटिक गियर बक्स रहेको छ । सो कारको लम्बाई ४५७४ एमएम चौडाई १८७६ एमएम उचाई १६६४ एमएम ह्वीलवेस २७२० एमएमको रहेको छ भने यसमा १८ इन्चको डायमण्डकट अलोय ह्वील दिइएको  छ । सो कारमा ३६० डिग्री क्यामरा समेत जडान गरिएको छ । एमजी एचएसमा ४६० लिटरको बुट स्पेस पनि रहेको छ ।


एमजी एचएसको इन्टेरियर विशेष प्रिमियम स्टाइलको रहेको छ ।  यसको ड्यासबोर्डमा १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टर दिएको छ जसले एन्डरोइड अटो तथा एएपल कारप्ले सपोर्ट गर्छ । यसमा ८ वटा वोसको स्पिकर पनि जडान गरिएको छ । यो एसयूभीमा सुरक्षाका लागि ६ वटा एयरव्याग, एबीएस, इबीडी, इएससी तथा इलेक्ट्रोनीक ब्रेक असिस्ट तथा पीपीएमएस, एन्टीरोलिङ्ग फङ्गसन र डिसेन्ट कन्ट्रोल, लेन डिपार्चर र व्लाइन्ड स्पट वार्निङ्ग जस्ता विशेषता समाबेश छन ।


प्यानारोमिक सनरुफ समेत रहेको एमजीको नयाँ एसयूभी एचएसको मूल्य ६० लाख देखि ७५ लाख रुपैयाँ सम्म हुने अनुमान गरिएको छ । केही दिनमै सो गाडीको मूल्य सार्वजनिक हुनुका साथै नेपाली बजारमा सो एसयूभी चाडै नै उपलब्ध हुने कम्पनी स्रोतले बताएको छ ।  एमजी मोटर्सको शोरुम काठमाडौंको नक्सालमा अवस्थित छ । सो शोरुम एमजी मोटर्सको अन्तर्राष्ट्रिय कन्सेप्टमा आधारित अत्याधुनिक तरिकाले निर्माण गरिएको हो । 


Our latest comments