नेपालका लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले हेक्टरको बुकिङ खुल्ला गरेको जनाएको छ । हाललाई हेक्टरको बुकिङ लिने र सो कारलाई नोभेम्बरमा नेपाली बजारमा डेलिभरी गरिने पनि पारामाउन्टले जानकारी दिएको छ । कम्पनीले अहिलेल्लाई हेक्टरको साइन भेरियन्ट नेपाल ल्याएको छ । कम्पनीले अहिले इजेडएस, एचएस जस्ता मोडल नेपाली बजारमा विक्री तथा बितरण गर्दै आएको छ । कम्पनीले अब यसमा हेक्टर पनि थपेको छ ।
एमजीले हेक्टरमा १.५ लिटर टर्बोचार्ज्डको साथ पेट्रोल ४८ भोल्ट माइल्ड हाइब्रिड इन्जिनमा दिइएको छ जुन इन्जिनले १४१ बीएच पावर र २५० एनएम टर्क प्रदान गर्दछ । सो कारमा ६ स्पीड म्यानुयल र ६ स्पीड ड्अल-क्लच अटोमेटिक ट्रान्समिसन रहेको छ । एमजील हेक्टरको लम्बाई ४६५५ एमएम, चौडाई १८३५ एमएम, उचाई १७६० एमएम र २७५० एमएमको ह्वीलवेस रहेको छ । सो एसयूभीमा २० इन्चको अलोय ह्वील समावेश गरिएको छ । १९२ एमएम ग्राउण्ड क्लियरेन्स रहेको सो एसयूभीमा धेरै फिचरहरु समाबेश गरिएको छ ।
एमजी हेक्टरमा १०.४ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ जसले एन्ड्रोयड अटो, एपल कारप्ले समर्थन गर्दछ । सो एसयूभीमा ३६० डिग्री क्यामेरा, कोड्राइभर सिट, प्यानोरमिक सनरुफ, हिटेड आउट साइड रियर भ्यु मिरर, रेन सेन्सिङ वाइपर्स, अटोमेटिक हेडल्याम्प्स, र ८ कलर्सको साथमा मुड लाइटिङ जस्ता बिशेषता छन । सुरक्षाको लागि एमजी हेक्टर एसयूभीमा ड्युअल फ्रन्ट एयरब्याग्स, ईबीडीको साथमा एबीएस, ईएसपी, ट्रयाक्सन कन्ट्रोल, रियर पार्किङ सेन्सर र चारै ह्विलमा डिस्क ब्रेक दिइएको छ ।
हेक्टरको साइन भेरियन्टको म्यानुयल र अटोमेटीक भेरियन्टको नेपाली बजारम मूल्य ६१ लाख र ६६ लाख हुने बताइएको छ । तर हेक्टरको नेपाली बजार मूल्य भने प्रकाशित हुन बाँकी नै छ । ग्राहकले एमजी हेक्टरको बुकिङ भने नक्सालस्थित सोरुम भिजिट गरेर गर्ने सकिने बताइएको छ । केही दिनमै सो गाडीको मूल्य सार्वजनिक हुनुका साथै नेपाली बजारमा सो एसयूभी नोभेम्बरमा उपलब्ध हुने कम्पनी स्रोतले बताएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।