Home / Blogs / हार्टफोर्ड भीआर २२३ एच मोटार्ड नेपालमा सार्वजनिक हुँदै
  • Upcoming Bikes
  • 0

हार्टफोर्ड भीआर २२३ एच मोटार्ड नेपालमा सार्वजनिक हुँदै

Nepal Auto Trader

Share this News

image

हार्टफोर्डको नयाँ मोडल नेपाली बजारमा भित्रिने भएको छ । नेपालका लागि हार्टफोर्ड बाइकको आधिकारिक वितरक इग्निसन अटोले सो मोतोएबाइक नेपाली बजारमा ल्याउने बताएको छ । इग्निसन अटोले हार्टफोर्डको ‘भीआर २२३ एच’को मोटार्ड भेरियन्ट नेपाल ल्याउने भएको हो । हाल नेपाली बजारमा भीआर १५० एच र २२३ एच गरी दुई मोडलका हार्टफोर्ड बाइक इग्निसन अटोले उपलब्ध गराइरहेको छ । कम्पनीले अफरको रुपमा समेत केही छुट उपलब्ध गराउने र यो केही दिनमै सार्वजनिक गर्ने बताएको छ ।


नयाँ मोटार्ड भेरियन्टमा कस्मेटिक परिमार्जन हुने कम्पनिको दाबी छ । भीआर २२३ एच मोटार्ड भेरियन्टमा २२० सीसीको ओएचसी फोर स्ट्रोक इन्जिन उपलब्ध रहने छ जसमा ५ स्पीडको गियरबक्स दिईएको छ । सो बाइकमा  एयरकुल्ड र आयलकुल्ड दुवै प्रकारको इन्जिन पनि रहने छ । नयाँ आउने बाइकको रिम तथा टायर पनि परिवर्तन गरिएको छ । अगाडि डबल पेरिस्कोप र पछाडि मोनोसक सस्पेन्सन रहेको यस मोटरसाइकलमा दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध रहने कम्पनिको भनाइ छ । यो बाइकमा डिजिटल मिटर र अपसाइड डाउन फोर्क लगायत अपडेट भएको छ ।


रेगुलर मोडल भीआर २२३ एचको मूल्य ५ लाख ८५ हजार रुपैयाँ रहेको छ भने हार्टफोर्डको यस् नयाँ मोडलको मूल्य ६ लाखभन्दा माथि रहने अनुमान गर्न सकिन्छ ।हाललाई कम्पनीले यसको मूल्यको विषयमा भने केहि जानकारी दिएको छैन । हार्टफोर्ड बाइकको नेपाली बजारमा बिक्री बितरण गर्दै आएको इग्निसन अटोले काठमाडौंको टेकुमा सो मोटरबाइकको सोरुम स्थापना गरेको धेरै समय भएको छैन । इग्निसन अटोले हार्टफोर्डको ‘भीआर २२३ एच’को मोटार्ड भेरियन्ट अब छिट्टै बजारमा ल्याउने छ  ।


Our latest comments