Home / Blogs / टीभीएस रोनीन सार्वजनिक: नेपाली बजारमा छिट्टै आउने
  • Upcoming Bikes
  • 0

टीभीएस रोनीन सार्वजनिक: नेपाली बजारमा छिट्टै आउने

Nepal Auto Trader

Share this News

image

टीभीएस मोटर्सले रेट्रो डिजाइन मोटरसाइकल टीभीएस रोनिन २२५ सार्वजनिक गरेको छ । टीभीएस रोनिन नयाँ युगका राइडरबाट प्रेरणा लिई निर्माण गरिएको छ भने सो मोटरसाइकल नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक गरिने कम्पनीले जनाएको छ । नेपालमा टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले यसलाई केही समयपछि ल्याउने अनुमान गर्न सकिन्छ । टीभीएस रोनिन स्टाइल, टेक्नोलोजी र राइडिङ अनुभवका साथ डिजाइन गरिएको कम्पनीले जनाएको छ ।


टीभीएस रोनीन २२५ मा अल न्यू २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ जुन इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत दिइएको छ । यसको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन रहेको छ । रोनीनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ रहेको छ भने कम्र्फटका लागि यसमा वाइड सिंगल पिस सिट दिएइको छ । 


टीभीएस रोनीन २२५ को लम्बाई २०४० एमएम, चौडाई ८०५ एमएम, उचाई ११७० एमएम, ग्राउण्ड क्लियरेन्स १८१ एमएम र १३५७ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १४ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १५९ केजी रहेको छ । सो बाइकले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । कम्पनीले सो बाइकको टप स्पिड १२० किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । रोनीन २२५  साइलेन्ट स्टार्ट सिस्टम आइएसजीसँग आउँछ ।


टीभीएस रोनीन २२५ मा १७ इन्च ह्वील, दुबै चक्कामा डिस्क ब्रेकका साथै एबीएस दिइएको छ । यसैगरी रोनीन राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलइडी डीआरएल, साइलेन्ट स्र्टाट, राउन्ड सेप एलइडी हेडल्याम्प, टी सेप एलइडी डिआरएल, क्लासिक डिजिटल स्मार्ट क्लष्टर, भ्वाइस कमान्ड,  टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ, ड्युअल पर्पज टायर, र हाई ग्राउन्ड क्लियरेन्स जस्ता आधुनिक फिचर पाउन सकिन्छ । सो मोटरसाइकलमा सिट ठूलो दिइएको छ भने यसको इन्जिनमा समेत ट्यूनिङ गरिएको छ । 


कम्पनीले टीभीएस रोनिन विभिन्न ३ भेरिएन्टमा सार्वजनिक गरेको छ । हाल भारतीय बजारमा सार्वजनिक गरिएको टीभीएस रोनिन २२५ नेपालमा टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले केही समयपछि सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ । रोनीनको भारतीय मूल्य १ लाख ४९ हजारदेखि १ लाख ६८ हजार रुपैयाँ सम्म तोकिएको छ । आगामी भदौमा हुने नाडा अटो शोमा सो बाइक प्रदर्शन हुने अनुमान गरिएको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।




Our latest comments