Home / Blogs / हुन्डाई स्यान्ट्रो बीएस६ भर्सनमा सार्वजनिक हुने
  • Upcoming Cars
  • 0

हुन्डाई स्यान्ट्रो बीएस६ भर्सनमा सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

दक्षिण कोरिया कार निर्माता कम्पनी हुन्डाई मोटर इन्डियाले भारतमा लोकप्रिय फेमिली कार स्यान्ट्रोको बीएस६ भर्सनको तथ्य सार्वजनिक भएको छ । कम्पनीले सो कार चाँडै नै  सार्वजनिक गर्नेछ । सो कार बीएस६ भेरिएन्टमा १.१ लिटर इन्जिनको साथमा लन्च हुनेछ ।

हुन्डाई स्यान्ट्रो बीएस६को डिजाइनमा केही परिवर्तन गरिएको छैन । सो कारमा हाल उपलब्ध मोडलकै डाइमेन्सन समावेश गरिएको छ । यसको ह्विलबेस २४०० एमएम र ह्विल १४ इन्चको रहेको छ । कारमा ड्युअल टोन फाइभ स्टार क्याबिन समावेश गरिएको छ ।

हुन्डाई स्यान्ट्रोमा १.१ लिटरको पेट्रोल इन्जिन जडान गरिएको छ जसले ६८ बीएचपीको पावर र ९९ एनएमको टर्क जेनेरेट गर्छ । यसको साथै कारमा ५ स्पिड अटोमेटिक र म्यानुअल ट्रान्समिसन गियरबक्समा उपलब्ध रहेको छ । म्याग्ना र स्पोर्ट भेरिएन्टमा ५ स्पिड एएमटी गियरबक्स विकल्प पनि रहेको छ । कारको माइलेज १५० किलोमिटर प्रतिघन्टा रहेको छ ।

सो कारमा एबीएस र ड्राइभर एयर ब्याग सबै भेरिएन्टमा स्ट्यान्डर्ड दिइएको छ । टप मोडलमा ड्राइभरको साथै प्यासेन्जर एयर ब्याग पनि समावेश गरिएको छ । पछाडिको सिटको लागि रियर एसी भेन्ट पनि समावेश गरिएको छ ।

यसको साथै कारमा फ्याक्ट्री फिटेड सीएनजी किटको विकल्प पनि रहेको छ र यो म्यानुअल ट्रान्समिसन गियरबक्सको साथमा उपलब्ध रहेको छ । स्यान्ट्रोको सीएनजी मोटरले ५८ बीएचपीको पावर र ८४ एनएमको टर्क जेनेरेट गर्छ । सीएनजी भेरिएन्टमा म्यानुअल गियरबक्समा मात्र उपलब्ध रहेको छ ।

Our latest comments