Home / Blogs / नयाँ २०२२ टीभीएस अपाचे आरटीआर २०० ४भी सार्वजनिक; नेपाल पनि आउने
  • Upcoming Bikes
  • 0

नयाँ २०२२ टीभीएस अपाचे आरटीआर २०० ४भी सार्वजनिक; नेपाल पनि आउने

Nepal Auto Trader

Share this News

image

टीभीएसले अपाचे आरटीआर २०० ४ भी को नयाँ संस्करण सार्वजनिक गरेको छ । उत्कृष्ट लुक र उन्नत फिचरले सुसज्जित आरटीआर २०० ४ नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुने कम्पनिले जनाएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकल बिक्री तथा बितरण गर्दै आएको छ । नयाँ टीभीएस अपाचे आरटीआर २०० ४ भी २ भेरिएन्टमा सार्वजनिक गरिएको छ, जसमा सिंगल–च्यानल एबीएस भेरिएन्ट र डुअल च्यानल एबीएस हुनेछ । केही दिन अघीनै टीभीएसले नयाँ टीभीएस अपाचे आरटीआर १६० ४ भी सार्वजनिक गरेको थियो ।


नयाँ अपाचे २०० हाल बजारमा उपलब्ध मोडेलसँग धेरै समान देखिन्छ । टीभीएस आरटीआर २०० फोर भीमा १९७.८ सीसी सिंगल सिलिन्डिर लिक्वीड कुल्ड एफआई इन्जिन दिइएको छ जुन इन्जिनले ८ हजार ५ सय आरपीएममा २०.२ बीएच पावरका साथै ७ हजार आरपीएममा १६.८ एनएम टर्क उत्पादन गर्दछ । यसमा ५ स्पिड गियरबक्स उपलब्ध छ । सो बाइकको लम्बाई २०५० एमएम, चौडाई ७९० एमएम, उचाई १०५० एमएम, ग्राउण्ड क्लियरेन्स १८० एमएम र १३५३ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १२ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले ३२ किलोमिटर माइलेज दिनेछ ।  


एडजस्टेबल ब्रेक र ३ स्टेप क्लच लिभरको साथ प्रस्तुत गरिएको आरटीआर २०० फोर भी विभिन्न तीन राइडिङ मोड स्पोर्ट, अर्वन र रेनमा उपलब्ध हुने छ । नयाँ आरटीआर २०० फोर भीमा फ्युल गेज, पिलिन ग्राबेल, इन्जिन किल स्विच, घडी, डिजिटल ट्रिप मिटर, ट्रिप मिटर, स्मार्ट कनेक्ट र पास लाइट जस्ता फिचर पाउन सकिन्छ । त्यस्तै यसमा स्मार्ट कनेक्ट, फुल डिजिटल मिटर, एबीएस, रियर मोनोसक, अल एलईडी हेडलाइट आदि विभिन्न फिचर उपलब्ध छन् । नयाँ अपाचे टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ कनेक्टिभिटी सपोर्टको साथ उपलब्ध हुने छ ।


हाल नेपाली बजारमा उपलब्ध आरटीार २०० फोर भीको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ भने नयाँ आरटीार २०० को मुल्य भने सार्वजनिक हुन बाँकी नै छ । नेपालका लागि टीभीएस मोटरसाइकलको अधिकृत विक्रेता जगदम्वा मोटर्सले आरटीार २०० फोर भीको नयाँ मोडल अब छिट्टै बजारमा उतार्ने जनाएको छ । सो मोटरसाइकलले नेपाली बजारमा पल्सर २०० एनएस, एफजेड २५, केटीएम २०० ड्युक जस्ता मोटरसाइकलहरु सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments