Home / Blogs / फक्सवागनको टाइगुन एसयूभी मोडल सार्वजनिक
  • Latest Cars
  • 0

फक्सवागनको टाइगुन एसयूभी मोडल सार्वजनिक

Nepal Auto Trader

Share this News

image

फक्सवागनले टाइगुन एसयूभी सार्वजनिक गरेको छ जुन भारतमा नै उत्पादन भएको मोडल हो । टाइगुन एसयूभी एमक्युबी एओ इन प्लेटफर्ममा विकसित गरिएको छ । कम्पनीले अटो एक्स्पो २०२० मा यसको पहिलो कन्सेप्ट शोकेस गरेको थियो । नेपाली बजारमा पनि सो एसयूभी छिट्टै सार्वजनिक हुने कम्पनिले जनाएको छ । आगामी सेप्टेम्बर सम्म यो गाडी सार्वजनिक हुने अनुमान गरिएको छ । फक्सवागनले पहिलो मेड इन इन्डिया मोडलको रुपमा टाइगुन एसयूभी बजारमा उतारेको हो ।


कम्पनीले टाइगुन एसयूभीमा १.० लिटर र १.५ लिटर टिएसआई इन्जिन दिइएको छ । यसमा रहेको १.० लिटर टिएसआई इन्जिनले अधिकतम ११५ पीएस पावर प्रदान गर्छ । सो एसयूभीमा ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स दिइएको छ । १.५ लिटर इन्जिनमा भने ७ स्पीड डिएसजी गियरबक्स दिइएको कम्पनिले जनाएको छ । डिजेल इन्जिनमा भने  सो एसयूभी उपलब्ध हुने छैन । टर्बो इन्जिनको कारण सो एसयूभीको पावर उत्कृष्ट रहने अनुमान गर्न सकिन्छ ।


एसयूभी टाइगुनमा १० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, सफ्ट टच मेटिरियलको ड्यासबोर्ड, सानो सनरुफ, ६ वटासम्म एयरव्याग जस्ता विशेषता यसमा पाउन सकिन्छ ।  त्यस्तै सो कारमा होरिजेन्टल ग्रिल, ग्रिलमा चंकी क्रोम, फगल्याम्प, १७ इन्चको अलोय ह्वील, २६५१ एमएमको ह्वीलवेस, प्रोजेक्टर हेडल्याम्प, जस्ता फिचर पाउन सकिन्छ । सुरक्षाका लागि टाइगुनमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ६ वटा एयरब्याग, आइसोफिक्स एंकर, हिल होल्ड असिस्ट, पार्किङ सेन्सर र टायर प्रेसर  दिइएको छ । 


फक्सवागनको नेपालको लागि आधिकारीक वितरक पुजा इन्टरनेशनलले टाइगुनलाई नेपाली बजारमा छिट्टै ल्याउने अनुमान गर्न सकिन्छ । यसको मूल्यको विषयमा भने अहिले कुनै आधिकारीक जानकारी कम्पनीले दिएको छैन । फक्सवागन टाइगुनले हुन्डाई क्रेटा, किया सेल्टोस र निसान किक्स जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

Our latest comments