नेपालमा सार्वजनिक हुँदै होन्डा ज्याजको फेसलिफ्ट भर्सन

होन्डाले आफ्नो लोकप्रिय सबैभन्दा सानो कार ज्याजको फेसलिफ्ट मोडल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।  नेपालमा भित्रिने होण्डा ज्याज तेस्रो जेनेरेशनको फेमिली हृयाचब्याक कार हुने छ ।

होण्डा ज्याज विश्वभर सर्वाधिक मन पराइएको कार हो । विश्वका ७५ देशमा ५५ लाखभन्दा बढी ज्याज बिक्री भइसकेको कम्पनीले जनाएको छ । ज्याजको पहिलो जेनेरेशन सन् २००१ मा बजारमा आएको थियो ।

नेपाली बजारमा समेत बिक्री–वितरण भइरहेको ज्याजको फेसलिफ्ट भर्सन युरोप र अमेरिकामा कम्पनीले २०१७ मा नै सार्वजनिक गरेको थियो । यो अपग्रेड भर्सनको ज्याज अबको केही महिनामा नै नेपाल आउनेछ ।  यो होन्डाको इन्ट्रीलेभलको निकै चर्चित कारमा पर्छ । १२ सय सीसीको पेट्रोल इञ्जिन होण्डा ज्याज नेपाली बजारमा ६ भेरियन्टमा उपलब्ध हुने भएको छ ।

कम्पनीले नयाँ ज्याजमा नयाँ ग्रिल, हेडल्याम्प, बम्पर र एईडी डीएलआरमा परिवर्तन गरेको छ । नयाँ ज्याजमा एप्पल कारप्ले, र एन्ड्रोइड अटोको साथै सात इञ्चको टचस्क्रिन इफोटेन्टमेन्ट सिस्टम रहनेछ । यसमा दिइएको सिटलाई समेत कम्पनीले परिवर्तन गरेको छ । तर, कम्पनीले यसको इञ्जिनमा भने कुनै परिवर्तन गरेको छैन ।

कम्पनीले ज्याजलाई १.२ लिटर आई–भीटीइसी पेट्रोल इञ्जिन र १.५ लिटर आई–डीटीईसी डिजेल इञ्जिन दिएको छ । पेट्रोल इञ्जिनले ८७ बीएचपी पावर र ११० एनएम टर्क उत्पादन गर्छ भने डिजेल इञ्जिनले ९८ बीएचपी पावर २०० एनएम टर्क उत्पादन गर्छ । पेट्रोल इञ्जिनमा ५ स्पीड मेन्यूल गियर र डिजेलमा ६ स्पीड म्यानूअल गियर बक्स दिइएको छ । 

यसको अलवा ज्याजमा लिड टेल लाइट एन्ड स्टप ल्याम, रियर माइक्रो एन्टेना, १५ इञ्जको टायर, स्टाइलिस फग लाइट, स्लिक टर्न इन्डिकेटर्स अन डोर मिरर, स्पोर्टी एन्ड प्रिमियम डिजाइन लगायतका विशेषता रहेका छन् । सुरक्षालाई विशेष महत्व दिइएको ज्याजमा एबीएस, इबीडी, लेदरर्याप्ड इस्टेरिङ ह्वीलजस्ता फिचर दिइएको छ । 


Share Page

0 Comments

Write a comment

menu
menu