टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले रेडोन ११० सार्वजनिक गरेको छ।
नाडा अटो शो को उपलक्षमा जगदम्बा मोटर्सले रेडोन सार्वजनिक गरेको हो। १०९.७ सिसि इन्जिनको रेडोनले ७ हजार आरपिएममा ८.३ बिपिएच पावर र ५ हजार आरपिएममा ८.७ एनएम टर्क जेनेरेट गर्छ।
४ स्पिड गियर बक्स रहेको ‘रेडोन’ ले प्रतिलिटर ६९.३ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ। यसको इन्धन क्षमता १० लिटर रहेको छ।
कम्पनीले यसको मूल्य १ लाख ७९ हजार ९ सय निर्धारण गरेको छ।
पछिल्लो समय ११० सिसि जस्ता साना क्षमताका मोटरसाइकलको माग कम हुन थालेको छ । नेपामा यस्ता मोटर साइकल चढ्ने घटेका छन् । मलाई लाग्छ, यसले फेरि सानो क्षमताको मोटरसाइकल चढ्ने चलन बढाउनेछ । नेपालमा टिभिएस मोटर्सको आधिकारिक बितरक जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले भने ।
त्यासो त टिभिएस जहिलेपनि स्पेसल नै हुन्छ । यो पटक पनि दुई नयाँ उत्पादन टिभिएसले भित्र्याएको छ । हामीले त्यसलाई नाडा अटो शो मा सार्वजनिक पनि गरेको छौ । टिभिएसको रेडोन ११० सिसि र अपाचे १६० सिसिमा डबल डिक्स पनि अहिलेनै ल्याएका छौ । अग्रवालको भनाइ छ ।