Home / Blogs / नेपाली बजारमा टीभीएस एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक; यस्ताे छ मूल्य
  • Latest Scooters
  • 0

नेपाली बजारमा टीभीएस एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक; यस्ताे छ मूल्य

Nepal Auto Trader

Share this News

image

टीभीएस एनटर्क १२५ को नयाँ भेरियन्ट नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्वा मोटर्सले एनटर्क सुपर स्क्वाड एडिशन अन्र्तगतको स्पाइडर म्यान भेरियन्ट नेपालमा सार्वजनिक गरेको हो । सो नयाँ स्कुटरमा स्पाइडर ग्राफिक्सको डिजाइन दिइएको छ भने अन्य फिचरमा भने केही परिर्वतन गरिएको छैन् । सन् २०१८ मा सार्वजनिक भएको टीभीएस एनटर्क  छोटो समयमै सफल स्कुटरका रूपमा स्थापित हुनुका साथै नेपालमा सर्वाधिक विक्री हुने प्रिमियम स्कुटर रहेको छ ।


टीभीएस एनटर्क १२५ मा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले ७००० आरपीएममा ९.५ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । सो स्कुटरको फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । यसमा रोटो पेटल डिस्क ब्रेक र पार्किङ मोड समेत उपलब्भ भएको कम्पनीले जनाएको छ । यसैगरी यसको फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा ग्यास चार्जड मोनोसक सस्पेन्सन दिइएको छ ।  


एनटर्क १२५ को लम्बाई १८६१ एमएम, चौडाई ७१० एमएम, उचाई ११६४ एमएम, ग्राउण्ड क्लियरेन्स १५५ एमएम र १२८५ एमएमको ह्वीलवेस रहेको छ । सो स्कुटरमा ५.८ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन ११८ केजी रहेको छ । सो स्कुटरले ४०-५० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । सो स्कुटरको टप स्पिड ९५ किलोमिटर प्रतिघण्टा छ भने यसले ९ सेकेन्डमै ० देखि ६० किलोमिटर सम्मको गति लिन सक्छ । सो स्कुटरको सिट हाइट भने ७७० एमएम रहेको छ ।


एनटर्कको सुपर स्क्वाड एडिशनमा स्टिल्थ एयरक्राफ्ट इन्स्पायर्ड स्टाइल रहेको छ । सो स्कुटरमा फुल एलइडी हेडलाइट तथा टेल लाइट, ब्लुटुथ कनेक्टेड स्पिडोमिटर, ६० फिचर सहितको फुल डिजिटल कन्सोल, स्मार्ट नेभिगेसन कनेक्ट, अन्तिम पार्किङ स्थान, कल तथा एसएमएस नोटिफिकेसन, राइड स्टाटिस्टीक्स, ल्याप टाइमर, ०–६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन स्विच जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । त्यसैगरी यसमा स्ट्रिट, स्पोर्ट र राइड स्ट्याटस सहितको मल्टी मोड डिस्प्ले रहेको छ ।


टीभीएस एनटर्क सुपर स्क्वाड एडिशन अन्र्तगतको स्पाइडर म्यान भेरियन्टको नेपाली बजार मुल्य २ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ । सो स्कुटर नेपालका विभिन्न शोरुमहरुमा बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ भने सो स्कुटर लिमिटेड यूनिटमात्र नेपालमा भित्र्याएको जनकारी पनि दिएको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagramTikTok पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।








Our latest comments