Home / Blogs / 'एनटर्क १२५ रेस एडिसन' स्कुटर नेपाली बजारमा सार्वजनिक
  • Latest Bikes
  • 0

'एनटर्क १२५ रेस एडिसन' स्कुटर नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

टिभीएस मोटर्सको नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक गरेको छ। टीभीएसले नक्सालस्थित सोरुममा एक कार्यक्रम आयोजना गरि एनटर्क रेस एडिसन सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा बोल्दै जगदम्वा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक अग्रवालले भने, ‘नेपाली बजारमा छोटो समयमा नै नेपाली यूवाहरुको मन जित्न सफल भएको यो स्कुटरको नयाँ भर्सन एनटर्क रेस एडिसन सार्वजनिक गरेका छौं । यो रेसिङ डिएनए भएको स्टाइलीस स्कुटरले सबै वर्गका ग्राहकको मन जित्नेछ ।’  

क्रिसमस र नयाँ बर्ष २०२० लाई लक्षीत गरेर नेपाली बजारमा ल्याइएको एनटर्क रेस एडिसनको मूल्य २ लाख ४६ हजार ९०० रुपैयाँ निधार्रण गरेको छ ।  यस रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ। यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिने कम्पनीले जनाएको छ। स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेस इडिसन’ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउछ। 

यो स्कुटर म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध हुनेछ। एनटर्कको रेगुलर मोडलमा रहेको टी सेप टेलल्याम्पलाई नयाँ मोडलमा समेत निरन्तरता दिइएको छ ।  कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।  यसमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस, हाजार्ड लाइट जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।

नटर्क १२५ रेस एडिसनमा नयाँ एलइडी सेटअप दिइएको छ । नयाँ डिजाइनको एलइडी हेडल्याम्पले रातीको समयमा यात्रा गर्न राम्रो प्रकाश दिने छ । टिभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताए। ‘हामी निश्चित छौं कि रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ’उनले भने। 



Our latest comments