Home / Blogs / टीभीएस एनटर्कको मूल्य बढ्यो; यस्तो छ नयाँ मुल्य
  • Price List
  • 0

टीभीएस एनटर्कको मूल्य बढ्यो; यस्तो छ नयाँ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको अधिकृत विक्रेता जगदम्वा मोटर्सले  टीभीएस स्कुटर एनटर्क १२५ को मूल्य वृद्धि गरेको छ । कम्पनीले एनटर्क १२५ पाच मध्य तीन भेरियन्टको मूल्य वृद्धि गरेको जनाएको छ । २०१८ मा सार्वजनिक भएको टीभीएस एनटर्क १२५ छोटो समयमै सफल स्कुटरका रूपमा स्थापित भएको कम्पनीले पनि बताएको छ । ग्राहकका इच्छा र चाहनाअनुरूपको स्कुटर रहेकाले सबैले मन पराएको यो एक उत्कृष्ट स्कुटर हो । टीभीएस एनटर्क नेपाली बजारमा सर्वाधिक विक्री हुने प्रिमियम स्कुटर रहेको कम्पनीले दावी गरेको छ ।


जगदम्वा मोटर्सले नेपालमा एनटर्कको ५ वटा भेरियन्टमा विक्री गर्दै आएको छ । सुरुमा एनटर्क १२५ डिस्क भेरियन्ट नेपाल आएको थियो,  त्यसपछि एनटर्क ड्रम भेरियन्ट नेपाल आएको हो भने रेस एडिसन, स्क्वाड एडिसन र बीएस ६ इन्जिनमा एनटर्कको रेस एडिसन आरटी–एफआई आएको पनि धेरै समय भएको छैन । यि मध्य कम्पनीले एनटर्क १२५ को तीन भेरियन्टको मूल्य वृद्धि गरेको हो । एनटर्क डिस्क, एनटर्क सुपर स्क्वाड र एनटर्क रेश एडिशनको मूल्य वृद्धि भएको हो कम्पनीले जनाएको छ ।


यस्तो छ टीभीएस एनटर्क भेरियन्टको नयाँ मूल्य सुची:


मोडल
इन्जिन क्षमता
मूल्य
 टीभीएस एनटर्क ड्रम
१२४.८ सीसी
रु. २,२१,९०० (यथावत मुल्य )
टीभीएस एनटर्क डिस्क
१२४.८ सीसी
रु. २,५६,९०० (नयाँ मुल्य)
टीभीएस एनटर्क सुपर स्क्वाड
१२४.८ सीसी
रु. २,७४,९०० (नयाँ मुल्य)
टीभीएस एनटर्क रेश एडिशन
१२४.८ सीसी
रु. २,६९,९०० (नयाँ मुल्य)
टीभीएस एनटर्क बीएस ६ 
१२४.८ सीसी
रु. २,७७,९०० (यथावत मुल्य)


एनटर्क १२५ मा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड, इन्जिन रहेको छ जुन इन्जिनले ७००० आरपीएममा ९.१ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । अपडेटेड स्कुटरमा ०.८ लिटर इन्धन क्षमता थप गरिएको छ । बीएस ६ एनटर्कमा ५.८ लिटर इन्धन राख्न सकिने भएको छ । सो स्कुटरमा टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन, पार्किङ सेन्सर, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर रहेको छ । सस्पेन्सलाई कम्पनीले बीएस-४ बाट नै निरन्तरता दिएको छ जुन सबै भेरियन्टमा एउटै रहेको छ ।  ।


एनटर्कमा फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । यसमा फुल डिजिटल एलसीडी कन्सोल, फुल एलइडी हेडलाइट तथा टेल लाइट जस्ता फिचर रहेको छ । यसका अलावा यसमा राइड स्टाटिस्टीक्स, ल्याप टाइमर, ०–६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ । फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा ग्यास चार्जड मोनोसक सस्पेन्सन रहेको छ । यो पावर फिगर अन्य प्रतिस्पर्धी १२५ सीसीको भन्दा केहि धेरै र १५० सीसीभन्दा सामान्य कम हो । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments