Home / Blogs / टीभीएसले बजारमा ल्याउने भयो फिएरो १२५ मोटरबाइक
  • Upcoming Bikes
  • 0

टीभीएसले बजारमा ल्याउने भयो फिएरो १२५ मोटरबाइक

Nepal Auto Trader

Share this News

image

१२५ सीसी बाइकको बढ्दो लोकप्रियतालाई मनन गर्दै टीभीएसले समेत १२५ सीसी बाइक सार्वजनिक गर्ने योजना बनाएको छ । हाल बजारमा बजाज, हिरो, होन्डा जस्ता लोकप्रिय कम्पनीका १२५ सीसी बाइकको माग बढ्दो रहेको छ । टीभीएसले हालै फिएरो १२५ र टीभीएस फिएरो १२५ को ट्रेडमार्क दर्ता गरेको जनाएको पनि  छ । यसका आधारमा केही नयाँ कुरा हुँदैछ भन्ने अनुमान धेरैले गरेका छन् । टीभीएसको सो नयाँ बाइक टीभीएस फिएरो १२५ अर्को वर्षको अगस्त महिना सम्म सार्वजनिक हुने अनुमान गरिएको छ । पहिले पनि फिएरो बाइक बजारमा उपलब्ध थियो । 


टीभीएसले अब नेपाली बजारमा बजाज पल्सर १२५, होन्डा सीबी साइन एसपी १२५ र हिरो ग्ल्यामर जस्ता १२५ सीसी बाइकलाई टक्कर दिने गरी टीभीएस फिएरो १२५ सार्वजनिक गर्ने योजना बनाएको हो । फिचरको मामिलामा यो अपग्रेडेड र अझै राम्रो हुनेछ भन्ने कम्पनिको भनाइ रहेको छ । टीभीएस फिएरो १२५ मा एयरकुल्ड इन्जिन हुनेछ । सो इन्जिनले ९.३८ पीएसको पावर र १०.५ एनएमको टर्क जेनेरेट गर्नेछ । बीएस ६ मापदण्डयुक्त सो इन्जिनमा पाँच गियरबक्स हुनेछ भने अघिल्लो भागमा डिस्क र पछिल्लो भागमा ड्रम ब्रेक हुनेछ । आगामी दिनमा यसको वारेमा थप फिचर सार्वजनिक हुने  छ ।


पहिले बजारमा उपलब्ध फिएरोमा आकर्षक हेडल्याम्प र भाइजर थियो । सो पुरानो बाइकको आधारमा आगामी दिनमा आउने फिएरोको फ्रन्ट लुक पनि निकै नै आकर्षक र बोल्ड हुने अनुमान गरिएको छ । यसका आधारमा फिएरोले अन्य कम्पनीका बाइकसँग प्रतिस्पर्धा गर्न सक्ने छ । टीभीएसले कुनै समयमा १२५ सीसी सेगमेन्टमा टीभीएस फ्लेम १२५ बाइक सार्वजनिक गरेको थियो । हाल १२५ सीसी सेगमेन्टमा बजाज पल्सरको धेरै चर्चा छ । त्यसैगरी होन्डा साइन र हिरो ग्ल्यामर जस्ता बाइक छन् । यदि टीभीएसले फिएरो १२५ ल्यायो भने पक्कै पनि नयाँ प्रतिस्पर्धि थपिने अनुमान गर्रिएको छ ।


Our latest comments