Home / Blogs / निसान किक्सको अपग्रेड भर्सन अब नेपाली बजारमा
  • Latest Cars
  • 0

निसान किक्सको अपग्रेड भर्सन अब नेपाली बजारमा

Nepal Auto Trader

Share this News

image

निसान किक्स अपग्रेड भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ। दि इन्टेलिजेन्ट एसयुभीलाई दि एक्सभी प्रिमियम अप्सनमा गाडी ल्याएको छ। कम्पनीका अनुसार निसान किक्स एक आरामदायी, सुरक्षित र उत्कृष्ट डिजाइनको उपयुक्त मिश्रण हो।

यो गाडीमा प्रिमियम अप्सनमा फर्स्ट क्लास अराउण्ड भ्यू मोनिटर छन्, जसका चार क्यामेराको सहायताले चालकलाई बर्डस् आई भ्यू, फ्रन्ट भ्यू, साइड भ्यू, र रेयर भ्यू मिल्नुका साथै गाडी वरिपरिको ३६० डिग्री दृश्य एउटै स्क्रिनमा हेर्न सकिने छ । यो गाडी विभिन्न ७ रंग बाहेक अरु ४ ड्युल टोलमा पनि उपलब्ध छ ।

डिजेल र पेट्रोल दुबै अप्सनमा उपलब्ध रहने किक्समा १.५ लिटरको इन्जिन लगाइएको छ । यसमा दिइएको १४९८ सीसी क्षमता पेट्रोल इन्जिनले १०६ पीएस पावर र १४२ एनएम टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ११० पीएस पावर र २४० एनएम टर्क जेनेरेट गर्छ । किक्सको पेट्रोल भेरियन्टले १४ किलोमिटर र डिजेल भेरियन्टले २० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ । 

किक्समा स्ट्यान्डर्ड फिचरको रुपमा सबै भेरियन्टमा ड्यूल फ्रन्ट एयरव्याग, ईबीडीसहितको एबीएस, आईएसओफिक्स चाइल्ड सिट माउन्ट रहनेछ । यसको टप भेरियन्टमा साइड–एयरव्याग, ईएसपी र हिल–स्टार्ट असिस्टको फिचर पनि रहनेछ । 

यसमा भी मोशन फ्रन्ट ग्रिल, मेसिब ह्वील आर्क, रेक्ड ए पिलर एलइडी हेडल्याम्प र बुमरेज सेप टेलल्याम्प दिइएको छ । निसान किक्सको अन्य फिचरहरूमा एलईडी प्रोजेक्टर हेडल्याम्प, रेन्सेन्सिङ्ग वाइपर, कुल्ड र इलूमिनेटेड ग्लोभ–बक्स, क्रूज कन्ट्रोल र ८ इन्चको एन्ड्रोइड अटो तथा एप्पल कार–प्ले सपोर्ट गर्ने इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । 

युवा पुस्तालाई आकर्षित गर्न नोवल कलरमा एसयूभीको ड्यासबोर्ड सजाईएको छ । ८ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ, जसले एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने छ । साथै, यसमा अटोमेटीक क्लाईमेट कन्ट्रोलजस्ता फिचर दिइएको छ ।   

Our latest comments