लोकप्रिय बन्दै ‘जुपिटर क्लासिक’ नेपाली बजारमा ।

टिभिएस नेपालले केही समयअघि स्कूटर जुपिटरको नयाँ संस्करण सार्वजनिक गर्‍यो।

जुपिटर क्लासिक नामको यो स्कूटर काठमाडौं, पोखरा, नारायणगढ, बुटवल, धरान, इटहरी, विराटनगर लगायत सहरी क्षेत्र केन्द्रीत गरी भित्र्याइएको कम्पनीको भनाइ छ।

 सोचेभन्दा छिटो लोकप्रियता हासिल गरेको छ  जुपिटर क्लासिकले, जगदम्बा मोटर्सका मार्केटिङ हेड विक्रम पौडेल दाबी गर्छन्।


यसले टिभिएसकै अरु स्कूटरको तुलनामा छिटो लोकप्रियता हासिल गर्‍यो। आकर्षक स्कूटर खोज्नेहरूलाई लागि जुपिटर क्लासिक राम्रो विकल्प हो’ उनले भने।

यसलाई काठमाडौं, पोखरा र नारायणगढमा छोटो समयमै अत्यधिक रुचाइएको र अरु ठाउँको माग पनि निकै राम्रो भएको पौडेल दाबी गर्छन्।

११० सिसिको यो स्कूटर एक लिटर इन्धनमा ४५ किलोमिटरभन्दा धेरै चल्ने कम्पनीको दाबी छ। यसले ५.८८ किलोवाट शक्तिमा ८.४ टर्क उत्सर्जन गर्छ।

यसको डिकी ठूलो र धेरै सामान राख्न सकिने पौडेल बताउँछन्।

कम्पनीका अनुसार ‘जुपिटर क्लासिक’ को हाफ मेटल बडी भएकोले सहजै डेन्टिङ, पेन्टिङ गर्न सकिन्छ। अरु स्कुटरमा जस्तो तेल हाल्दा ओर्लिएर सिट खोल्नुपर्ने बाध्यता यसमा छैन।

स्टाइल र लुक्सको कुरा गर्नुपर्दा यसमा विण्ड सिल्ड (हावा रोक्ने) समावेश छ। यसको ऐनामा क्रोम भएकाले आवरण आकर्षक देखिन्छ।

यसमा रहेको ब्याक रेस्टले पछाडि बस्ने मानिसलाई आरामदायी महशुस गराउनुको साथै सुरक्षा पनि प्रदान गर्छ।

आरामदायी यात्राको लागि यसमा प्रिमियम सिट र बच्न डिस्क ब्रेक पनि समावेस गरिएको छ।

जुपिटर क्लासिकमा भएको १ सय ५० मिलिमिटरको ग्राउण्ड क्लेयरेन्सले सानोतिनो खाल्टाखुल्टी सहजै पार गर्न सक्ने कम्पनीको दाबी छ।

कम्पनीले यसको बजार मूल्य १ लाख ८९ हजार ९ सय निर्धारण गरेको छ।

लुक्स, फिचर्स र आरामदायी ‘जुपिटर क्लासिक’ ग्राहकको लागि ‘भ्यालु फर मनी’ भएको मार्केटिङ हेड पौडेल बताउँछन्।


Share Page

0 Comments

Write a comment

menu
menu