Home / Blogs / पेट्रोल इन्जिनमा सार्वजनिक हुँदैछ टाटा ह्यारियर
  • Upcoming Cars
  • 0

पेट्रोल इन्जिनमा सार्वजनिक हुँदैछ टाटा ह्यारियर

Nepal Auto Trader

Share this News

image

टाटाको नयाँ कार ह्यारियर अब पेट्रोल इन्जिनमा समेत सार्वजनिक हुने भएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनी टाटा ह्यारियरको पेट्रोल भर्सनमा काम गरिरहेको छ । सो कारको पेट्रोल भर्सनमा १.५ लिटर डाइरेक्ट इन्जेक्सन टर्बाेचार्ज्ड पेट्रोल इन्जिन हुनेछ । अनुमानित रिपोर्ट अनुसार सो मोडल फेस्टिभल सिजन भन्दा पहिला नै सार्वजनिक हुनेछ ।

२०१९ मा टाटा मोटर्सले भारतीय बजारमा टाटा ह्यारियर पेश गरेको थियो । हालै टाटा कम्पनीले ह्यारियर बीएस६ कम्प्लायन्ट डिजेल इन्जिनको साथमा पेश गरेको थियो । जसले १७० पीएस अधिकतम पावर जेनेरेट गर्छ । नयाँ ह्यारियर पुरानो मोडलको तुलनामा निकै पावरफुल रहेको छ । नेपाली बजारमा टाटा ह्यारियरलाई एच ५ नामाकरण गरिएको छ ।

क्रियोटेक २.० लिटर टर्बाे डिजेल इन्जिनयुक्त टाटा एच फाइभ बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको ओमेगा डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो ।

ह्यारिअर गत जनवरी २३ मा सार्वजनिक गरिएको थियो । टाटाले गत वर्षको अटो एक्सपोमा एच५एक्स कन्सेप्टको रुपमा यो कारलाई पहिलो पटक सार्वजनिक गरेको थियो । त्यही कन्सेप्टको अधिकांश भागलाई नै मिलाएर एच फाइभ निर्माण गरिएको छ । कारको डिजाइन आधुर्निक छ भने बोनटको तल्लो साइडमा हेडलाइट राखिएको छ । फ्रन्ट ग्रिलमा राखिएको डे टाइम रनिङ लाइटले यसलाई निकै नै आकर्षक बनाएको छ । ह्यारिअर लन्चिङका साथ टाटाले इम्प्याक्ट डिजाइन २.० फिलोसोफीलाई पनि डेब्यु गरेको छ ।


Our latest comments