टाटाले सार्वजनिक ग-यो अल्फा डिजाइनको पहिलो कार अल्ट्रोज

टाटा मोटर्सले बजारमा प्रिमियम ह्याचब्याक कार अल्ट्रोज लन्च गरेको छ । विभिन्न १० भेरिएन्टमा उपलब्ध सो कारको मूल्य ५ लाख २९ हजार देखि ९ लाख २९ हजार भारु सम्म तोकिएको छ । सो कारको प्रतिस्पर्धा मारुती सुजुकी बलेनो र हुन्डाई एलिट आई २० सँग हुनेछ । सो कार गत डिसेम्बर ३ मा सार्वजनिक गरिएको थियो । हालै टाटा अल्ट्रोजले ग्लोबल एनक्यापमा फाइभ स्टार रेटिङ प्राप्त गरेको थियो र भारतको सबैभन्दा सुरक्षित कार मध्ये एक बनेको थियो ।

सो कार बीएस६ कम्प्लायट पेट्रोल र डिजेल इन्जिनको साथमा उपलब्ध हुनेछ । यसमा पेट्रोल इन्जिन १.२ लिटरको छ । जसमा ११९९ सीसीको इन्जिन जडान छ, जसले ८५ बीएचपीको पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ । डिजेल भर्सनमा १.५ लिटरको टर्बाे इन्जिन जडान गरिएको छ । यसमा १४९७ सीसीको इन्जिन जडान गरिएको छ । जसले ८९ बीएचपीको पावर र २०० एनएमको पिक टर्क जेनेरेट गर्छ ।

टाटा अल्ट्रोज आफ्नो सेगमेन्टमा पहिलो कार हो, जसको ढोका ९० डिग्री भन्दा पनि धेरै खुल्छ । त्यसैगरी टाटाको एजल लाइट फ्लेक्जिबल एड्भान्स (अल्फा) डिजाइनमा काम गर्ने पहिलो कार पनि हो । कारमा एन्ड्रोइड अटो र एप्पल कारप्लेका साथै ७ इन्चको फ्रि–स्ट्यान्डिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ ।

बाहिरी भागमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएल, फ्रन्ट र रियर फगल्याम्प र रियर डिफगर जस्ता फिचर उपलब्ध छन् । सुरक्षाको लागि यसमा ६ ओटा एयर ब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, कर्नर स्ट्याविलिटी कन्ट्रोल, इलेक्ट्रोनिक ट्र्याक्सन कन्ट्रोल लगाएतका फिचर्स छन्। त्यस्तै यसमा पुस बटन स्टार्ट-स्टप, सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, मल्टीफङ्सन स्टेरिङ, हाइट एड्जस्टेबल ड्राइभर सिट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू छन्।

Share Page

0 Comments

Write a comment

menu
menu