Home / Blogs / टेल्जीको नयाँ स्कूटर ‘लियोपार्ड’ नेपालमा सार्वजनिक
  • Latest Bikes
  • 0

टेल्जीको नयाँ स्कूटर ‘लियोपार्ड’ नेपालमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

टेल्जीको नयाँ इलेक्ट्रीक स्कुटर लियोपार्ड नेपाली बजारमा सार्वजनिक भएको छ । अंग्रेजी नयाँ बर्ष २०२१ को अवसर पारेर टेल्जी लियोपार्ड इलेक्ट्रीक स्कुटर  कम्पनीले बजारमा ल्याएको हो ।  नेपालका लागि टेल्जी स्कुटरको एकमात्र आधिकारिक वितरक योम मा ई मोटर्स रहेको छ ।कम्पनीले सार्वजनिक गरेका सो स्कुटरमा २.५ किलोवाट पावरको मोटरसहित ३.२ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ ।  स्कुटरले एक पटकको फुलचार्जमा १३० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ भने सो स्कुटरको ब्याट्री एक पटक फुल चार्ज गर्न ५ घन्टा लाग्ने छ  ।


कम्पनीले लियोपार्डमा धेरै महत्वपूर्ण फिचरहरु समावेश गरेको छ  । सो स्कुटरमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेस लगायतका महत्वपूर्ण बिशेषताहरु रहेका छन । नेपाली बजारमा टेल्जी लियोपार्ड रातो, सेतो र गोल्डेन गरी तीन कलरमा उपलब्ध रहेको छ । टेल्जी ब्रान्डको यो स्कुटर चिनियाँ प्रमुख ३ ठूला उत्पादक कम्पनीहरु मध्येको एक रहेको छ । सो स्कुटर उच्च स्तरीय प्रिन्टिङ क्वालिटी पीयू ८०० प्रविधिमा प्रिन्ट गरिएको छ ।


नेपाली बजारमा टेल्जी लियोपार्ड इलेक्ट्रीक स्कुटरको मूल्य २ लाख १० हजार रुपैयाँ तोकिएको छ । कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा टेल्जी लियोपार्डमा २५ हजार रुपैयाँ बराबरको छुट प्रदान गर्ने समेत जनाएको छ । हरेक ग्राहकले लियोपार्डको खरिदमा १५ हजार नगद छुट प्राप्त गर्नेछन् भने १० हजार रुपैयाँ बराबरको एशोसरिज निःशुल्क पाउने छन् । एशोसरिजमा ५ हजार वरावरको ब्लुटुथ हेलमेट, पिलियन व्याक रेस्ट र फुट म्याट प्राप्त गर्नेछन् । नेपाल भित्र्याएको टेल्जी लियोपार्ड गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ता गर्न सफल स्कुटर हो ।


Our latest comments