इटालियन कम्पनी एसडब्लुएमका मोटरसाइकल अब नेपाली बजारमा

नाडा अटो शोको अवसरमा नेपालमै पहिलो पटक इटालियन कम्पनी एसडब्लुएमका मोटरसाइकल सार्वजनिक गरिएको थियो । इटालियन उत्पादन एसडब्लुएमका मोटरसाइकल नेपाली बजारमा भित्रने भएको छ । एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा ज्ञान ग्रुपले यी बाइक भित्र्याउन लागेको हो ।

प्रारम्भमा एसडब्लुएमका आरएस ३०० आर, सुपर ड्युअल ६५० टी र सिल्भर भेस ४४० का मोडल भित्र्याइएका छन्। आरएस ३०० आरको मूल्य १६ लाख, सुपर ड्युअल ६५० टीको २३ लाख रुपैयाँ र सिल्भर भेस ४४० को मूल्य चौध लाख पचास हजार कायम गरिएको छ। डर्ट, क्रुजर तथा एड्भेन्चर टुरर मोटरसाइकलको रुपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

इटालियन कम्पनी एसडब्लुएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको हो। फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल लोकप्रिय छन् । एसडब्लुएमका सबै मोडलका बाईक तथा यसका इन्जिनहरुको डिजाईन एवं उत्पादन एसेम्ब्ली लेम्बोर्डिया, ईटालीमा अवस्थित फ्याक्ट्रीमा भएको हो।

कम्पनीले बजार बिस्तारको लागि हाल बालुवाटारमा शोरुम र वर्कशप तथा चितवन र पोखरामा शोरुम खोल्दैछ। निकट भविष्यमा बुटवल र धरानमा डिलर मार्फत विक्री वितरण गर्ने योजना रहेको कम्पनीले जनाएको छ। फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल विश्व बजारमा लोकप्रिय छन् ।



Share Page

0 Comments

Write a comment

menu
menu