Home / Blogs / सुजुकीले १६० सीसी भि-स्ट्रोम अब छिट्टै सार्वजनिक गर्ने
  • Upcoming Bikes
  • 0

सुजुकीले १६० सीसी भि-स्ट्रोम अब छिट्टै सार्वजनिक गर्ने

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा विभिन्न ब्रान्डका मोटर बाइक उपलब्ध भइरहेको समयमा करिव ५ वर्ष पहिले भित्रिएको  सुजुकी जिक्सर १५० पनि लोकप्रिय बन्दै गएको छ । यसै क्रममा सुजुकी मोटरसाइकलले चीनको होउजेसँगको सहकार्यमा सुजुकीको इन्ट्री लेवल एडभेञ्चर टुरर मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले ल्याउन लागेको भि-स्ट्रोम १६० को प्याटेन्ट तस्विरहरु पनि बाहिरिएका छन  । सो नयाँ बाइकको कन्सेप्ट मिडियाहरुमा लिक भएको पनि पाइएको छ । 


आगामी बर्षको पहिलो महिनादेखि सो मोटरबाइकलाई बजारमा उपलब्ध गराइने जानकारी हरु बाहिरिएका छन । सिग्नेचर डिजाइनमा देखिएको यासमा एङ्गुलर अप्रोच हेडल्याम्प दिइएको छ । निकै सार्प बडी डिजाइनमा आउन लागेको यो मोटरसाइकलमा सिंगल पिस सिट, सिंगल पिस ग्राभरेल, सर्ट फेन्डर तस्विरमा देख्न सकिन्छ । यो बाइकमा अन्य प्रविधिका अलाव ७ इन्चको एलसीडी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समेत छ ।


टल ह्यान्डलवार सेटअप, विन्डव्लाष्ट प्रोटेक्टर, एग्जस्ट मफलर, आकर्षक फ्यूल ट्याङ्क, अलोय ह्वील, दुबै चक्कामा डिस्क ब्रेक हुने छ ।टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, एलइडी टेल लाइट, एबीएस, एलइडी टर्न इन्डिकेटर जस्ता फिचर यसमा उपलब्ध हुने छन् । यसमा रहने १६२ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिनले अधिकतम १५ बीएचपी पावर र १४ एनएम टर्क प्रदान गर्ने छ ।  यसमा ६–स्पिड गियरबक्स दिइने छ, जसले लामो दूरीको यात्रालाई सहज बनाउछ । सो मोटरसाइकलमा फुल एलईडी हेडलाइट र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता अत्याधुनिक फिचर समेत उपलब्ध छन् । 


सुजुकी १६० सीसी भि-स्ट्रोम नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । सो बाइकले नेपाली बजारमा यामाहा एफजेड, टीभीएस अपाचे आरटीआर १६०, होन्डा एक्स–ब्लेड १६० र बजाज पल्सर एनएस १६० जस्ता बाइकसँग प्रतिस्पर्धा गर्नेछ । आगामी दिनमा भर भव्य कार्यक्रमका साथ यसको सार्वजनिक गरिने कम्पनीले बताएको छ ।






Our latest comments