Home / Blogs / सुजुकीले सार्वजनिक गर्‍यो ९९९ सीसीको कटाना बाइक
  • Latest Bikes
  • 0

सुजुकीले सार्वजनिक गर्‍यो ९९९ सीसीको कटाना बाइक

Nepal Auto Trader

Share this News

image

सुजुकीले अटो एक्सपोमा अल न्यु सुजुकी कटाना सार्वजनिक गरेको छ । सो बाइक सुजुकी जीएसएक्स–एस१०००एफ मा आधारित रहेको छ । जसमा ९९९ सीसी इन लाइन फोर सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले १०००० आरपीएममा १४७ बीएचपीको पावर जेनेरेट गर्छ ।

सुजुकी मोटरसाइकल इन्डियाले कटाना नाम दोस्रो पटक प्रयोग गरेको हो । सन् १९८० र ९० को दशकमा सुजुकी स्पोर्ट्स टुरिङ मोटरसाइकलका लागि यो नाम उपयोगमा ल्याइएको थियो ।

नयाँ सुजुकी कटाना जर्मनीमा सम्पन्न २०१८ इन्टरमोट शो र इटालीमा सम्पन्न २०१८ ईआईसीएमए मोटर शोमा पहिले नै ग्लोबल लेभलमा सोकेश गरिएको थियो । सुजुकीले यो वर्षको अन्त्य सम्ममा सो बाइक बजारमा लिने अनुमान गरिएको छ ।

यसको साथै कम्पनीले २०२० सुजुकी जिक्सर र जिक्सर एसएफ२५० पनि सार्वजनिक गरेको छ । सो दुबै बाइक बीएस६ इन्जिनको साथमा उपलब्ध रहेको छ ।


Our latest comments