सुजुकी इन्ट्रुडर २५० को पेटेन्ट तस्वीर सार्वजनिक

जापानीज मोटरसाइकल निर्माता कम्पनी सुजुकीले इन्ट्रुडर २५० को पेटेन्ट तस्विर सार्वजनिक भएको छ । कम्पनीले २०१८ नोभेम्वरमा यसको पेटेन्ट दर्ता गराएको थियो । सार्वजनिक भएको पेटेन्टमा मोटरसाइकलको एक्जष्टको तस्वीर समेत सार्वजनिक भएको छ ।

सुजुकी मोटरसाइकलले जिक्सर २५० को इन्जिनमा निर्माण गरिरहेको इन्ट्रुडर २५० बजारमा ल्याउने तयारी गरिरहेको छ । यो मोटरसाइकलमा २४९ सीसी सिंगल सिलिन्डर आयल कुलिंग इन्जिन रहेको छ ।

सार्वजनिक भएको तस्वीरमा सिगंल पाइप र डबल व्यारल एक्जष्ट देखिएको छ । यसमा उपलब्ध इन्जिनले २६.५ बीएच पावरका साथै २२.६ एनएम टर्क उत्पादन गर्छ । मोटरसाइकलमा ६ स्पीड गियरबक्स रहने छ ।

नयाँ इन्ट्रुडरमा एलइडी हेडल्याम्पसँगै डीआरएलएस, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, डबल च्यानल एबीएस, एलइडी टेललाइट, अलोय ह्वीलको विशेषता दिइने छ, भने आकर्षक फ्रेमको साथै उत्कृष्ट सस्पेन्सन लगाइने छ ।


Share Page

0 Comments

Write a comment

menu
menu