सुजुकी इन्ट्रुडर २५० सार्वजनिक हुने, यस्ता हुनेछन् विशेषता

जापनिज मोटरसाइकल मेनुफेक्चरर कम्पनी सुजुकीले ‘इन्ट्रुडर २५०’ को उत्पादनको काम शुरु गरेको छ ।  नयाँ इन्ट्रुडर हाल उत्पादन भइरहेको इन्ट्रुडर १५० मा आधारीत हुनेछ । यसमा कम्पनी विभिन्न फिचरहरु थप गरेर ल्याउने भएको हो । यसको डिजाइन भने इन्ट्रुडर १५० कै समान रहेको छ । कम्पनीले यस क्रुजरलाई भारतमा हुने ‘अटो एक्स्पो’ मोटरसाइकल शोमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

यो बाइकमा सुजुकीले हालै सार्वजनिक गरेको जिक्सर २५० भर्सनबाट इन्जिन लिइएको छ । सुजुकीले जिक्सर २५० मा भएको एलईडी लाइट्स, ब्रेकिङ्ग सेटअप, डुअल च्यानल एबीएस, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर जस्ता फिचरहरु यस बाइकमा पनि दिने भएको छ । तर, यसको सस्पेन्सनलाई भने कम्पनीले यसको क्रुजिङ्ग नेचरलाई सुहाउँदो हुने गरी परिमार्जन गर्नेछ ।

यसमा २४९ सीसी सिगंल सिलिन्डर आयल कूल्ड इन्जिन रहेको छ । यो इन्जिनले २६.५ पीएस पावर तथा २२.६ एनएम टर्क जेनेरेट गर्छ । यो इन्जिनमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । तर, इन्ट्रुडरको क्रुजिङ्ग विशेषतालाई मध्यनजर गर्दै सुजुकीले यस इञ्जिनलाई भने थोरै परिमार्जन गर्ने अनुमान पनि गरिएको छ । त्यसैगरी सुजुकीका अनुसार यो इञ्जिन बीएस६ प्रदुषण मापदण्ड अनुरुपको हुनेछ । लञ्च पश्चात भारतीय बजारमा यस बाइकको मूल्य एक लाख ८० हजार रुपैयाँ तोकिने अनुमान गरिएको छ ।

सुजुकी इन्ट्रुडर २५० को फ्रन्टमा स्ट्यान्डर्ड टेलीस्कोप र्फक तथा रियरमा मोनोशक रहेको छ । एलइडी हेडल्याम्प, नयाँ डिजिटल कन्सोल, रियर तथा फ्रन्टमा डिस्क ब्रेक जस्ता फिचर रहने छ । त्यसैगरी, आरामदायक यात्राको लागि एउटा क्रुजरमा हुने लो सिट हाइट, अगाडितर्फ सेट गरिएको फुट पेग्स, रेज्ड हेण्डल बार जस्ता विशेषताहरु यस बाइकमा पनि समावेस गरिनेछ । 

नेपालका लागि सुजुकी टू–ह्विलर्सको आधिकारिक विक्रेता भी.जी.अटोमोवाइल्स प्रालिले हाल नेपाली बजारमा सुजुकीका विभिन्न मोडलहरुको बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले नेपालमा पाइने १५५ सीसीको इन्ट्रुडरको मूल्य चाँही तीन लाख ३३ हजार नौ सय रुपैयाँ तोकेको छ ।

Share Page

Related tags to article

0 Comments

Write a comment

menu
menu