Home / Blogs / आउने भयो स्कोडाको नयाँ इलेक्ट्रिक एसयूभी
  • Upcoming Cars
  • 0

आउने भयो स्कोडाको नयाँ इलेक्ट्रिक एसयूभी

Nepal Auto Trader

Share this News

image

स्कोडाले नयाँ इलेक्ट्रिक एसयूभी ल्याउँदैछ । स्कोडा इन्याक नामको सो इलेक्ट्रिक एसयूभीले एक पटकको फुल चार्जमा ५०० किलोमिटरको दुरी तय गर्छ । कम्पनीले हाल यसको प्रोटोटाइप फर्म पेश गरेको छ । इन्याक ३ ब्याट्री प्याक साइज र ५ पावर भेरिएन्टमा बजारमा पेश गर्नेछ । स्कोडाको सो इलेक्ट्रिक कार चेक रिपब्लिकमा रहेको कम्पनीको कार्यालय नजिकै गुडेको देखिएको छ ।

सो इलेक्ट्रिक एसयूभीको प्रोडक्सन सन् २०२० को अन्तिममा सुरु गरिने छ । अन्तर्राष्ट्रिय बजारमा सो कार २०२१ को सुरुमा सार्वजनिक गर्ने जानकारी दिइएको छ । कम्पनीको १२५ औं वर्षको उपलक्ष्यमा स्कोडाले पहिलो फाउन्डर्स एडिसन सार्वजनिक गर्नेछ । फाउन्डर्स एडिसनमा विशेष फिचर र फरक लुक हुनेछ । 

कम्पनीले ल्याउने इलेक्ट्रीक एसयूभीको लम्बाई ४६४८ एमएम, चौडाई १८७७ एमएम र उचाई १६१८ एमएम रहने छ । यसको ह्वीलवेस २७६५ रहने छ । यसमा ५८५ लिटरको बुट स्पेस रहने छ । यसले सुन्यदेखि १०० किलोमिटरको स्पीड केबल ६.२ सेकेन्डमा भेट्टाउन सक्ने क्षमता राख्छ । १८० किलोमिटर प्रतिघण्टाको स्पीडमा चलाउन मिल्ने यो इलेक्ट्रीक कारमा रहेको व्याट्रीलाई डिसी चार्जरबाट चार्जगर्दा ४० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

यसलाई कम्पनीले आईभी ८०, ८० एक्स र ८० भीआरएस भेरियन्टमा बजारमा ल्याउने छ । स्कोडाले आईभी ८० मा १५० किलोवाटको मोटर र अन्य दुई भेरियन्टमा १९५ किलोवाटको मोटर दिइएको छ । सुरुवातमा आउने स्कोडा इलेक्ट्रीक एसयूभीको स्पेशल एडिसन रहने छ । यसलाई कम्पनीले केवल १८९५ यूनिटमात्र बजारमा ल्याउने घोषणा गरेको छ । यसलाई स्कोडाले आफ्नो १२५ साल पुरा भएको अवशरमा बजारमा उतार्ने छ ।

Our latest comments