Home / Blogs / नयाँ स्कोडा अक्टाभिया नेपाली बजारमा

नयाँ स्कोडा अक्टाभिया नेपाली बजारमा

Nepal Auto Trader

Share this News

image

नेपालका लागि स्कोडा कारको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले औपचारिक रुपमा नयाँ स्कोडा अक्टाभियाको बिक्री सुरु गरेको छ ।

स्कोडा अक्टाभिया ‘एम्बिसन’, ‘स्टाइल’ र ‘एल एन्ड के’ गरी तीन ट्रिम र आठ फरक इन्जिन अप्सन तथा ट्रान्समिसनमा उपलब्ध छ ।

नयाँ स्कोडा अक्टाभियाको पेट्रोल भेरियन्टमा ७ स्पिड डीएसजी गियरबक्स रहेको १.८ लिटरको टीएसआई इन्जिन रहेको छ जसले अधिकतम १८० बीएचपी शक्ति उत्पन्न गर्छ ।

त्यसैगरी, पेट्रोल भेरियन्टकै ६ स्पिड डीएसजी गियरबक्सजडित १.४ लिटरको टीएसआई इन्जिनले अधिकतम १५० बीएचपी शक्ति उत्पन्न गर्छ ।

साथै, २.० लिटरको डिजेल इन्जिनले अधिकतम १४३ बीएचपी उर्जा उत्पन्न गर्छ । टप स्पेक भर्सनको अक्टाभिया ‘एल एन्ड के’मा ८ ओटा एयरब्याग छन् भने ‘स्टाइल’ र ‘एम्बिसन’ भर्सनमा क्रमसः ६ र चार एयरब्याग छन् ।

अक्टाभियाको सबै ट्रिममा एबीए (एन्टि लक ब्रेक), इबीडी (इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्यसन) र ट्रयाक्सन कन्ट्रोल जस्ता विशेषता उपलब्ध छन् ।

पेट्रोल पावर्ड बेस अप्सन अक्टाभिया ‘एम्बिसन’को मूल्य ७१ लाख रुपैयाँ तोकिएको छ भने टप मोडेल ‘एल एन्ड के’ भेरियन्टको मूल्य एक करोड २ लाख रहेको छ ।

त्यसैगरी, डिजेल पावर्ड अक्टाभिया ‘एम्बिसन’को मूल्य ९१ लाख रुपैयाँबाट सुरु भएर ‘एल एन्ड के’ भेरियन्टको एक करोड ११ लाख रुपैयाँ रहेको छ ।

न्यु स्कोडा अक्टाभियाको स्वरुपमा सिग्नेचर बटरफ्लाई ग्रिलको डिजाइन लगायत अन्य ठोस सुधार गरिएको छ । नयाँ अक्टाभिया हालसम्मकै स्टाइलिस अक्टाभिया हो । नयाँ अक्टाभियामा अघिल्लोमा भन्दा फरक स्प्लिट हेडल्याम्प राखिएको छ जसलाई ‘क्वाड्रा एलइडी हेडलाइट्’ भनिन्छ ।

साथै, यसमा एलइडी ‘डेटाइम रनिङ लाइट’ र बम्परमा फग ल्याम्प राखिएको छ । टेलमा पनि नयाँ एइडी लाइटिङ जडान गरिएको छ । नयाँ स्कोडा अक्टाभियामा नयाँ एलोइ ह्विल समेत रहेको छ ।

नयाँ कारमा आठ इन्च ठूलो रंगीन इन्फोटेन्मेन्ट टचस्क्रिन जडान गरिएको छ जसलाई एपर कारप्ले वा एन्ड्रोइड अटो र मिरर लिंकमार्फत मोबाइल फोनसँग कनेक्ट गर्न सकिन्छ ।

टचस्क्रिनको टच सेग्मेन्टमै सबैभन्दा ‘स्मुथेस्ट’ रहेको छ । अक्टाभियामा पार्क असिस्टको सुविधा समेत छ जसले पार्किङलाई सहज र आरामदायी बनाउँछ ।

स्कोडा अक्टाभियामा नयाँ थ्रि स्पोक स्टेरिङ रहेको छ । पछाडिको स्पेस सेग्मेन्टमै ठूलो छ जसले तीन जना पेसेन्जरलाई पर्याप्त सिटिङ र लेगस्पेस उपलब्ध गराउँछ ।

हाल नेपालमा आएको अक्टाभिया चौथो पुस्ताको हो । यसको पहिलो पुस्ता स्कोडा लाउरा थियो जुन नेपाली सेडानप्रेमीमाझ निकै लोकप्रिय रहेको छ । हामीलाई अनलाइनखबर मार्फत जानकारी प्राप्त भएको छ  ।  

 

  • tags

Our latest comments