स्कोडाले सार्वजनिक ग-यो ३ नयाँ कार

स्कोडाले बजारमा ३ नयाँ कार सार्वजनिक गरेको छ । यसमा स्कोडा कारोक एसयूभी, २०२० स्कोडा सुपर फेसलिफ्ट र स्कोडा -यापिड १.० टीएसआई समावेश छन् । कारोक एसयूभी एक भेरिएन्ट, नयाँ सुपर्ब २ भेरिएन्ट र -यापिड १.० टीएसआई ५ भेरिएन्टमा उपलब्ध रहेको छ । तीनै कार पेट्रोल इन्जिनमा मात्र लन्च गरिएको छ ।

स्कोडा कारोक ५ सिटर एसयूभी हो । सो कारमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ । जसले १४८ बीएचपीको पावर र २५० एनएमको पीक टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पिड डीएसजी अटोमेटिक गियरबक्स समावेश रहेको छ । सो कारमा प्यानोरमिक सनरुफ, भर्चुअल ककपिट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १७ इन्च अलोय ह्विल, एलईडी हेडलाइट, ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ड्युअल जोन क्लाइमेट कन्ट्रोल जस्ता फिचर रहेको छ । सेफ्टीको लागि ९ एयरब्याग, एबीएस, ईबीडी, ब्रेक असिस्ट, ईएससी, हिल स्टार्ट असिस्ट, फ्रन्ट र रियर पार्किङ सेन्सर तथा रियर पार्किङ क्यामेरा जस्ता फिचर उपलब्ध रहेको छ ।

स्कोडा सुपर्ब फेसलिफ्ट आर्को मोडेल रहेको छ । यसमा नयाँ २.० लिटर टर्बो पेट्रोल इन्जिन समावेश गरिएको छ, जसले १९० एचपीको पावर र ३२० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पिड डुअल क्लच अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ । सो कारमा भर्चुअल ककपिट, ३ जोन क्लाइमेट कन्ट्रोल, प्यानोरमिक सनरुफ, ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पावर्ड एन्ड भेन्टिलेटर फ्रन्ट सिट, फ्रन्ट र रियर सेन्सर तथा ह्यान्ड्स फ्रि पार्किङ जस्ता फिचर रहेको छ ।

स्कोडा -यापिड १.० तेश्रो मोडेल रहेको छ ।  यसमा १.० लिटर टर्बाे पेट्रोल इन्जिन समावेश गरेको छ जसले ११० एचपीको पावर र १७५ एनएमको टर्क जेनेरेट गर्छ । नयाँ -यापिडको डिजाइन र डायमेन्सन पुरानो मोडेलसँग मिल्दोजुल्दो रहेको छ । सो कारमा नयाँ १६ इन्चको कालो अलोय ह्विल, एलईडी हेडल्याम्प, एलईडी डीआरएल, रियर डिफ्युजर र कालो लिप स्पोइलर जस्ता फिचर रहेको छ । कारमा लेदर अपहोल्स्ट्री, क्लाइमेट कन्ट्रोल, अटो डिमिङ इनसाइड मिरर, रियर एसी भेन्ट्स, क्रुज कन्ट्रोल र ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचर समावेश गरेको छ ।

Share Page

0 Comments

Write a comment

menu
menu