Home / Blogs / सेगवे नाइनबोटको इलेक्ट्रिक स्कुटर ई–१०० नेपालमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Scooter
  • 0

सेगवे नाइनबोटको इलेक्ट्रिक स्कुटर ई–१०० नेपालमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

अमेरिकी ब्रान्ड सेगवे नाइनबोटको इलेक्ट्रिक स्कुटर ई–१०० नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि सेगवे नाइनबोटको आधिकारिक वितरकको आई हब प्रालिले यो स्कुटर नेपाली बजारमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार पहिलो चरणमा नाइनवोट ई १०० को विक्री सुरू गरिने छ भने अन्य मोडल आगामी दिनमा सार्वजनिक गरिने छ । स्वच्छ र सुरक्षित सवारी प्रवद्र्धनका लागि यो स्कुटर नेपालमा भित्र्याएको कम्पनीले जनाएको छ । हालसम्म नेपाली बजारमा नाइनबोटको कुनै पनि स्कुटर उपलब्ध छैन् भने यो नाइनबोटको नेपालमा पहिलो स्कुटर हुनेछ ।


इलेक्ट्रिक स्कुटर ई–१०० मा लिथियम आयोनयुक्त पानी प्रतिरोधी ब्याट्री दिइएको छ । ई–१०० नर्मल चार्जबाट फुलचार्ज हुन करिब ७ घण्टा लाग्ने छ भने फास्ट चार्जर मार्फत चार्जगर्दा २ घन्टा लाग्ने छ । १३० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको स्कुटरको तौल ८० किलोग्राम छ । सो स्कुटरमा ३ वटा ड्राइभिङ मोड रहेको छ । यसको मोटर र अन्य ब्याट्रीको आधिकारिक जानकारी भने कम्पनीले सार्वजनिक गरेको छैन् । 


नाइनवोट इ १०० मा  ६ वटा लेन्स सहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडल्याम्प, अल एलइडी लाइट, अटोमेटिक टर्न इन्डिकेटर, वाटर रेसिस्टेन्स ब्याट्री, अटोमेटिक ब्राइटनेस एजष्ट हेडल्याम्प, ब्लुटूथ कनेक्टिभिटी, साइड स्ट्याण्ड सेन्सर, की-लेस स्टार्ट जस्ता धेरै आधुनिक बिशेषता पाउन सकिन्छ । स्कुटरमा रहेको म्याट्रिक्स एलईडी हेडल्याम्पले स्वचालित रुपमा मौसमअनुसार प्रकाश उपलब्ध गराउछ । स्कुटरमा मोबाइल चार्जिङ स्लट पनि दिइएको छ ।


किलेस सिस्टम र रिमोट कन्ट्रोल सिस्टम रहेको नाइनवोट इ १०० स्कुटर कालो, सेतो, निलो र रातो गरी चार कलरमा उपलब्ध रहेको छ । सो स्कुटर चालक बसे पछि र स्ट्यान्ड उठाए पछि मात्र स्टार्ट हुने कम्पनिको दाबी छ । यसको नेपाली बजार मूल्य २ लाख ९१ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले नाइनवोट इ १०० स्कुटरको सोरुम राइजिङ मलमा स्थापित गरेको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।




Our latest comments