रोयल इन्फिल्ड बाइक मात्र होइन, ‘स्टाइल’ हो, ‘ब्रान्ड’ हो। अलि बढी पैसा तिर्न सक्ने क्षमता र ‘क्लासिक’ मनपराउने बाइक पारखीका रोयल इन्फिल्ड सधैं पहिलो रोजाइमा पर्छ।
करिब ५ वर्षअघिसम्म राजधानीमा फाट्टफुट्ट देखिने रोयल इन्फिल्डका बाइक अहिले प्रशस्त देखिन थालेका छन्। स्टाइलिस हुनुका साथै रोयल इन्फिल्ड लामो दूरीको यात्रा तय गर्न पनि उपयुक्त बाइक मानिन्छ।
क्लासिक लुक्सका लागि प्रख्यात रोयल इन्फिल्डले २५० सिसी इन्जिन क्षमताको मोटरसाइकल बनाउने भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारहरु अनुसार भारतीय बजार लक्षित उक्त क्षमताको मोटरसाइकल बजारमा ल्याउन लागेको छ।
नेपाली बजारमा प्रतिस्पर्धा गर्नका लागि पनि कम्पनीले उक्त मोडलको मोटरसाइकलको योजना बनाएको हो।
रोयल इन्फिल्डका क्लासिक,बुलेट र थन्डरबर्डजस्ता मोडलका बाइक छन्। ३५० सिसीबाट शुरु हुने उक्त बाइकले अन्य कम्पनीसँग प्रतिस्पर्धामा पछि पर्दै आएका छन्।
पछिल्लो समय घरेलु उत्पादनलाई कडा चुनौती दिइरहेको रोयल इन्फिल्डले नेपाली बजारमा पनि आफ्नो राम्रै छाप छाडेको छ।
यस वर्ष नेपाली बजारमा भित्रिएको इन्फिल्डको नयाँ मोडल 'हिमालयन'ले राम्रो प्रतिक्रिया पाइरहेको छ। । यो कम्पनीका बाइकको मूल्य धेरै घटबढ हुँदैन। अघिल्लो वर्ष रोयल इन्फिल्डका बाइकको जति मूल्य पथ्र्यो, त्यसमा यस वर्ष पनि त्यही हाराहारीमा छ।
PREVIOUS NEWS
NEXT NEWS