रोयल इनफिल्डले आफ्नो थन्डरवर्ड ३५० एक्सलाई एबीएस फिचरसहित बजारमा उतारेको छ । पुरानो मोडलको तुलनमा केही महंगो मूल्य राखिएको छ । थन्डरवर्ड एक्स सिरिज २०१८ को सुरुवातमा नै भारतीय बजारमा सार्वजनिक भएको हो । नेपाली बजारमा पनि कम्पनीले सेप्टेम्बरमा आयोजना भएको नाडा अटो शो २०१८ मा सार्वजनिक गरेको थियो ।
कम्पनीका अनुसार ३ सय ५० सिसीको इन्जिनको यस मोटरसाइकल हेडलाइट क्यासिङ, फ्युल ट्याङ्क, डुअल डिस्क ब्रेक, ओभल टुल बक्स, एक्सहउस्ट फिन्स, स्पिडोमिटर डायल, सिङ्गल सिट स्प्रिङ, स्याडल टेल लाइट एसेम्ली र हेडलाइट क्यापमा देख्न सकिन्छ। हाल थपिएका रेयर डिस्क ब्रेकका कारण टुरिङ, दैनिक राइडिङका लागि झन सुरक्षित हुने कम्पनीको दावी छ।
थन्डरवर्ड एक्समा पहिले जस्तै अगाडि टेलिस्कोपिक फर्क र पछाडि टुईन स्प्रिङ सस्पेन्सन सेटअप दिइएको छ । मोटरसाईकलको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने डवल च्यानल एबीएससमेत दिइएको छ । यसको अगाडिको डिस्क ब्रेकमा समेत ठूलो परिवर्तन गरिएको छ ।
थन्डरवर्ड एक्समा प्रदुषण मापदन्ड बीएस ६ अनुसारको इन्जिन दिइएने छ । यसमा दिइएको इन्जिन पुरानो भन्दा केही पावरफुल हुनेछ । यसमा ४९९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड, फ्यूल इन्जेक्टेड इन्जिनले २७.५७ पीएस पावर र ४१.३ एनएम टर्क जेनेरेट गर्छ ।
नयाँ थन्डरवर्ड एक्समा नयाँ डबल क्याडली फ्रेम दिइएको छ । जुन अहिलेको मोडलभन्दा केही लामो रहेको छ ।
नेपाली युवाहरुको सपनालाई पूरा गर्न यो नयाँ मोडलको मोटरसाइकल बजारमा ल्याइएको र यसको मूल्य चालू आर्थिक वर्ष सम्पन्न भएसँगै केही बढने विभिन्न अटो एजेन्सीहरुले जनाएका छन् ।
अत्याधुनिक प्रविधियुक्त भनिएको याे मोटरसाइकल सुरक्षित र भरपर्दो हुने कम्पनीको दाबी छ । कम्पनीले यसलाई २०२० मा नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।