Home / Blogs / रोयल इन्फिल्ड स्क्राम-४११ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Bikes
  • 0

रोयल इन्फिल्ड स्क्राम-४११ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

रोयल इन्फिल्डको नयाँ स्क्र्याम्बलर मोटरसाइकल स्क्राम ४११ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले पहिलो पटक नयाँ बाइकको रुपमा स्क्राम ४११ नेपाली बजारमा भित्र्याएको हो । रोयल इन्फिल्ड स्क्राम ४११ रोयल इन्फिल्ड हिमालयनमा आधारित रहेको कम्पनीले जनाएको छ  । अल्फा अटोमोटिभ्सले रोयल इनफिल्डको नयाँ मोटरसाइकल क्लासिक ३५० को बीएस ६ भर्सन र स्क्राम-४११ को आजदेखि दुवै मोटरसाइकलको नेपाली बजारमा बिक्री सुरू भएको पनि जनाएको छ ।   


रोयल एनफिल्ड स्क्राममा ४११ सीसी क्षमताको सिंगल सिलिण्डर, एसओएचसी इन्जिनको दिइएको छ जुन इन्जिनले अधिकतम २४.३ बीएच पावर र ३२ टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरका साथै अलिकति ट्विक गरिएको थ्रोटल पाउन सकिन्छ जसले राम्रो परफर्मेन्सको लागि मद्दत गर्दछ । सो बाइकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने यसमा डबल च्यानल एबीएस पनि उपलब्ध रहेको छ । यसको फ्रन्टमा टेलिस्कोपिक फोर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन रहेको छ । यसमा १७ इन्चको अलोय ह्वील दिइएको छ । 


स्क्राम ४११ को लम्बाई २१६० एमएम, चौडाई ८४० एमएम, उचाई ११६५ एमएम, ग्राउण्ड क्लियरेन्स २०० एमएम र १४५५ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १५ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १८५ केजी रहेको छ । सो बाइकले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । सो बाइकको टप स्पिड १४० किलोमिटर प्रतिघन्टा रहेको छ । यसको सिट हाइट भने ७९० एमएम रहेको छ । यसको फ्रन्टमा ट्विन पिस्टन क्यालिपरसहित ३०० एमएम डिस्क र रियर सिंगल पिस्टन क्यालिपरसहित २४० एमएम डिस्क रहेको ।

 

रोयल इन्फिल्ड स्क्राम ४११ मा गोलो हेडलाइट, एलइडी डे टाइम रनिङ लाइट, स्लिक हेडल्याम्प कभर, सानो ट्याङ्की एक्स्टेन्सन, ब्यास प्लेट, सिंगल पिस सिट, र सिंगल पिस पिलियन ग्र्याब ह्यान्डल जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसैगरी सो बाइकमा सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल पाउन सकिन्छ भने फ्युल गेज, टाइम, ट्रिपमिटर, ओडोमिटर इत्यादिका लागि डिजिटल रिड आउटको साथ एनालग स्पिडोमिटर दिइएको छ । एड्भेन्चर र क्रुजको रुपमा आएको स्क्राममा भने अग्लो विन्ड स्कीन, स्प्लीट सिट र स्टायडर्ड लगेज र्याक दिइएको छैन ।


रोयल इन्फिल्ड स्क्राम-४११ को नेपाली बजारमा मुल्य ६ लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको छ । सो मोटरसाइकल ७ रङमा उपलब्ध छ, जसमा ग्रेफाइट थिम ३ रङमा उपलब्ध छ । स्क्राम-४११ रोयल इन्फिल्डको सबै शाखाबाट बिक्री तथा वितरण हुने कम्पनीले जनाएको छ । रोयल इन्फिल्ड स्क्राम-४११ ले नेपाली बजारमा जवा पेराक ३५०, बेनेल्ली इम्पीरियाल ४००, होंडा सीबी ३५० आरएस र बजाज डोमिनार ४०० सँग सिधा प्रतिस्पर्धा गर्नेछ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram, TikTok पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।















Our latest comments