रोयल इन्फिल्ड हिमालयन ‘स्लीट एडिसन’ नेपाली बजारमा सार्वजनिक

रोयल इन्फिल्ड हिमालयन ‘स्लीट एडिसन’ नेपालमा सार्वजनिक भएको छ । रोयल इन्फिल्डको आधिकारीक वितरक विबेक अटोमोवाइलले हिमालयन ‘स्लीट एडिसन’ लाई एफआई इन्जिनको साथमा डियूल च्यानल एबीएससहित बजारमा आएको हो ।

यसमा प्रयोग भएको इन्जिन पुरानै बीएस ४ मा एफआई टेक्नोलोजी थप भएर आएको हो । कम्पनीले यसमा ४११ सीसी क्षमताको एयरकुल्ड इन्जिन प्रदान गरेको छ । उक्त इन्जिनले अधिकतम ६५०० आरपीएममा २४.३ बीएच पावर र ४२५० आरपीएममा ३२ एनएम टर्क प्रदान गर्छ ।

१५ लिटर क्षमताको इन्धन ट्याङ्की रहेको यो मोटरसाइकलमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ भने करिब ३० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ । यसको नेपाली बजारमा मूल्य ८ लाख ९८ हजार रुपैयाँ तोकेर बिक्री वितरण सुरु गरेको छ ।

यो मोटरसाइकलमा हाल्फ डुप्लेक्स स्प्लीट काड्ली च्याचिस र अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि मोनोसक सस्पेन्सन दिइएको छ । यसको अगाडीको टाएर २१ इन्च र पछाडिको टायर १७ इन्चको स्पोक ह्वील प्रयोग गरिएको छ ।


Share Page

0 Comments

Write a comment

menu
menu