रोयल इन्फिल्ड बाइक मात्र होइन, ‘स्टाइल’ हो, ‘ब्रान्ड’ हो। अलि बढी पैसा तिर्न सक्ने क्षमता र ‘क्लासिक’ मनपराउने बाइक पारखीका रोयल इन्फिल्ड सधैं पहिलो रोजाइमा पर्छ।
करिब ५ वर्षअघिसम्म राजधानीमा फाट्टफुट्ट देखिने रोयल इन्फिल्डका बाइक अहिले प्रशस्त देखिन थालेका छन्। स्टाइलिस हुनुका साथै रोयल इन्फिल्ड लामो दूरीको यात्रा तय गर्न पनि उपयुक्त बाइक मानिन्छ।
रोयल इन्फिल्डको दुईवटा इन्जिन भएको बाइक बजारमा सार्वजनिक भएको छ।
अष्ट्रेलियाको कम्पनी कारबेरी मोटरसाइकल्सले भारतमा निमार्ण गरेको सो बाइकको नाम डबल ब्यारेल राखिएको छ।
यसमा १ हजार सिसिको इन्जिन जडान गर्रिको छ। नेपाली बजारमा यस बाइकको मुल्य १२ लाखभन्दा माथि छ। बाइकमा ५ गेयर बक्स रहेको बाइक बुलेटजस्तै गरी बनाइएको छ।
पछिल्लो समय भारतीय बजारमा घरेलु उत्पादनलाई कडा चुनौती दिइरहेको रोयल इन्फिल्डले नेपाली बजारमा पनि आफ्नो राम्रै छाप छाडेको छ।
यस वर्ष नेपाली बजारमा भित्रिएको इन्फिल्डको नयाँ मोडल 'हिमालयन'ले राम्रो प्रतिक्रिया पाइरहेको छ।
मोटरसाइकल बजारका अनुभवीहरु यसमा दुइटा कारण देख्छन्।
पहिलो, मूल्य। यो कम्पनीका बाइकको मूल्य धेरै घटबढ हुँदैन। अघिल्लो वर्ष रोयल इन्फिल्डका बाइकको जति मूल्य पथ्र्यो, त्यसमा यस वर्ष पनि त्यही हाराहारीमा छ।
PREVIOUS NEWS