कहिले खुल्ला त् सार्वजनिक यातायात ?

निजी सवारीलाई जोर बिजोरको आधारमा खुला गरिएपनि सार्वजनिक सवारी प्रयोगकर्ताहरुलाई पनि अहिले अनेकन समस्या छन् । सार्वजनिक यातायातको प्रयोग गर्नुपर्नेहरु निम्न वर्गका मानिसहरु त झनै मारमा परेका छन् । बजार, पसल र कार्यालयहरु खुलेपछि आफ्ना आवश्यक काममा गन्तब्यसम्म पुग्न निजी सवारी नभएकाहरुलाई अति कठीन छ । सरकारले मोटरसाइकलमा दुईजना बस्न नपाइने नियमले सवारी चलाउन जान्नेले मात्रै सवारी यात्रा गर्न पाउने अवस्था छ ।

यसले गर्दा सडक पेटीमा पैदलयात्रुको संख्या बक्लिन थालेको छ । लकडाउन खुकुलो भएपछि विभिन्न प्रयोजनमा आवत–जावत गर्ने धेरै पैदल हिँड्दैछन् । सरकारले भने सार्वजनिक सवारी कहिलेबाट खुल्छ भन्ने स्पष्ट गरेको छैन । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदले गर्ने निर्णयका आधारमा मात्रै सार्वजनिक सवारी खुल्ने भएकाले विभागीयस्तरमा त्यसको जानकारी नहुने बताउँछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद  कार्यालयका सचिव नारायणप्रसाद बिडारी सार्वजनिक सवारी अहिलकै अवस्थामा सार्वजनिक सवारी सञ्चालन गर्दा संक्रमण फैलने जोखिम हुने बताउँछन् । सार्वजनिक सवारीमा विभिन्न यात्रुबीच समाजिक दूरी कायम राख्न र सम्भावित संक्रमितलाई निषेध गर्न सम्भव नहुने भएकाले तत्कालै सार्वजनिक सवारी खुला गर्न कठीन हुने उनले बताए । ‘जोखिमको मूल्यांकन गर्दै उपयुक्त समय आएपछि सार्वजनिक सवारी खुल्छ,’ बिडारीले भने,‘मिति तोकेर भन्न सकिने अवस्था छैन, संक्रमणको दर घटिसकेको छैन ।’

यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम् यात्रुलाई जिम्मेवार बनाउने गरी निर्देशिका ल्याउने तयारी भइरहेको छ । विभागका महानिर्देशक हमाल लकडाउन खुकुलो पार्दै लैजाने सरकारी नीति रहेकाले बाध्यात्मक रुपमा सार्वजनिक यातायात खोल्नुपर्ने अवस्था आएको स्वीकार्छन् । त्यसैगरी सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने छन् । यात्रुले आफैँले स्यानिटाइजर बोकेको हुनुपर्ने प्रस्ताव गरिएको छ । सार्वजनिक यातायात चढ्ने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।

आवश्यक सतर्कता अपनाउने गरी निर्देशिका बनाएर छलफल भइरहेको बताउँदै हमालले सरकारी निर्णयपछि निर्देशिका पारित गरेर सही अनुरुप सार्वजनिक सवारी सञ्चालनका लागि बाटो खुला गरिने हमालले बताए । प्रस्तावित मापदण्डअनुसार सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्रै यात्रु चढाइनेछ । सिट क्षमताको आधाभन्दा बढी यात्रु चढाए कारबाही हुनेछ । यसबारे ट्राफिक प्रहरीले नियमित अनुगमन गर्ने योजना समेत बनाइएको छ ।

SOURCE:

Share Page

0 Comments

Write a comment

menu
menu