Home / Blogs / रेनोले नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने
  • Upcoming Cars
  • 0

रेनोले नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने

Nepal Auto Trader

Share this News

image

रेनोले इलेक्ट्रिक क्रसओभर एसयूभी ल्याउने भएको छ । यसलाई अक्टुबरमा हुन लागेको पेरिस मोटर शो २०२० मा पेश गर्ने अनुमान गरिएको छ । सो एसयूभी सीएमएफ–ईभी प्लेटफर्ममा निर्माण गरिने छ । यसको स्टाइलिङ चाहिं मर्फोज कन्सेप्टबाट लिइने छ ।

नयाँ इलेक्ट्रिक क्रसओभरको लम्बाई ४.२ मिटर हुने अनुमान गरिएको छ, जुन हाल उपलब्ध रेनो क्याप्चर बराबर हुनेछ । रिपोर्ट अनुसार सो इलेक्ट्रिक एसयूभीमा प्लास्टिक क्लेडिङ समेत केही अफ रोड डिजाइन बिट्स हुने अनुमान गरिएको छ । यसमा ठूलो स्क्रिन समेत अन्य फिचर पनि हुनेछ ।

ग्लोबल मार्केटमा सो नयाँ इलेक्ट्रिक एसयूभी ब्याट्री प्याक र पावर आउटपुटको साथमा पेश गरिने छ । एक पटकको फुल चार्जमा सो एसयूभीले ५५० देखि ६०० किलोमिटरको दुरी तय गर्नेछ । रेनोको बजारमा हाल उपलब्ध इलेक्ट्रिक कार जोई मा ५५ किलोवाट ब्याट्री प्याक समावेश छ । सो ब्याट्री फुल चार्जमा करिब ४०० किलोमिटरको दुरी तय गर्छ । नयाँ क्रसओभर इलेक्ट्रिक एसयूभीमा बढी क्षमताको ब्याट्री प्याक हुने अनुमान गरिएको छ ।

कम्पनीले इलेक्ट्रिक पोर्टफोलियो बढाउनको लागि ठूलो इलेक्ट्रिक एसयूभीमा पनि कार्य गरिरहेको छ । यो सन् २०२२ मा पेश गरिने छ । सो एसयूभी सीएमएफ–ईभी प्लेटफर्ममा आधारित हुनेछ । रेनोको सो प्लेटफर्म फरक फरक रेन्ज, पावर र क्षमताको कार बनाउन सक्षम रहेको छ ।

Our latest comments