Home / Blogs / बीएस ६ इन्जिन सहित रेनो क्वीड नेपाली बजारमा सार्वजनिक
  • Latest Cars
  • 0

बीएस ६ इन्जिन सहित रेनो क्वीड नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

रेनोले क्वीडको ‘आरएक्सटी ओ’ भेरियन्टको बुकिङ खुल्ला गर्नुका साथै त्यस्को मूल्यपनि सार्वजनिक भएको छ । कम्पनीले ल्याएको नयाँ क्वीडको मूल्य नेपाली बजारमा २४ लाख ९९ हजार रुपैयाँ रहेको छ  । रेनोका ब्यापार नेपाली बजारमा एड्भान्स अटोमोवाइलले बिक्री वितरण गर्दै आएको छ । बीएस ६ मापदण्डको इन्जिन आएको नयाँ क्वीड पहिलेभन्दा ५१ एमएम लामो रहेको जनाएको छ  । यसमा १.० लिटर पेट्रोल इन्जिन उपलब्ध रहेको छ । ९९८ सीसी क्षमताको इन्जिनले ६८ पीएस पावर र ९१ एनएम टर्क उत्पादन गर्छ ।

 रेनो क्वीड अब केही दिन भित्रै नेपालमा बिक्री सुरु हुने कम्पनीले जनाएको छ ।बीएस ६ क्वीडमा आकर्षक ग्रिल, रिस्टाइल बम्पर, स्प्लिट हेडल्याम्प सेटअपसँगै एलइडी डिआरएलएस लगाइएको छ । कम्पनीले यसको फ्रन्ट र रियर साइडलाई निक्कै परिवर्तन गरेको छ । पहिलेको तुलनामा आधुनिक फिचर दिइएको क्वीडमा पावर विन्डो, दुई एयरब्याग, रियर पार्किङ सेन्सर, एन्ड्रोइड अटो, एप्पल कार प्ले, रियर सिट आर्मेस्ट, एयरब्याग, एबीएस, इबीडी, रियर सेन्सर, सिटबेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ ।

गाडीको तौलपनि पुरानो मोडलको भन्दा ३५ देखि ४० किलोग्राम बढेको कम्पनीले जनाएको छ । यसको बम्पर र ह्वीलवेशमा पनि परिमार्जन गरिएको छ । यसको इन्टेरियरमा नयाँ डिजाइनको ड्यास बोर्ड दिइएको छ । डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, स्टेयरिंग ह्वील, ट्राइबरमा लगाइएको लार्ज साइज ८.० इन्चको टचस्क्रिन इन्फोटेनेमन्ट सिस्टमले कारलाई पहिलेको तुलनामा उत्कृष्ट देखाएको छ ।



Our latest comments