रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो काइगरको थप दुई भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले १.० लिटर टर्बो इन्जिनमा दुई भेरियन्ट नेपाली बजारमा उपलब्ध गराएको हो । दुबै भेरियन्ट म्यानुयल गियरबक्समा उपलब्ध रहेको छ । रेनो काइगर एसयूभी अब विभिन्न ६ भेरियन्टमा उपलब्ध छ । यसअघी रेनो काइगर १.० लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनमा मात्रै उपलब्ध थियो । कम्पनीका अनुसार रेनो काइगर आधुनिक एसयूभी हो जुन नेपाली बजारका लागि पर्फेक्ट फिट छ ।
रेनो काइगरमा रहेको ९९९ सीसी क्षमताको टर्बो इन्जिन रहेको छ जुन इन्जिनले अधिकतम ५००० आरपीएममा ९९ हर्स पावर र २८०० आरपीएममा १६० एनएम टर्क प्रदान गर्दछ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । रेनो काइगरको लम्बाई ३९९१ एमएम, चौडाई १७५० एमएम, उचाई १६०५ एमएम र २५०० एमएमको ह्वीलवेस रहेको छ । सो एसयूभीमा १६ इन्चको अलोय ह्वील समावेश गरिएको छ । २०५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको सो एसयूभीमा धेरै फिचरहरु समाबेश गरिएको छ ।
रेनो काइगरमा थुप्रै बिशेषताहरु दिइएको छ । यसमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, नयाँ डायमन्ड कट अलोय ह्वील, ग्रे कलरको रुफरेल, एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड छन । यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ जसले एप्पल कार प्ले र एन्ड्रोइड अटो दुबै सपोर्ट गर्दछ । त्यस्तै यसमा ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ ।
रेनो काइगर व्ल्यू, ब्राउन, सिल्भर, ग्रे र आइस कुल ह्वाइट गरी विभिन्न ५ कलरमा उपलब्ध रहेको छ । एड्भान्स अटोमोबाइलले देशका १५ स्थानमा शोरुम बिस्तार गरेको यसको बिक्री गरिरहेको जनाएको छ । रेनो काइगरले नेपाली बजारमा किया सोनेट, हुन्डाई भेन्यु, महिन्द्रा एक्सयूभी३००, सुजुकी भिटारा ब्रेजा, फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन र निसान म्याग्नाइट जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ । यस्तो रहेको छ रेनो काइगरको भेरियन्ट अनुसारको मूल्य ।
यस्तो रहेको छ भेरियन्ट अनुसारको मूल्य ।
| मोडल | इन्जिन क्षमता | नेपाली मुल्य |
| रेनो आरएक्सई म्यानुयल | ९९९ सीसी | रु. २९,९९,००० |
| रेनो आरएक्सएल म्यानुयल | ९९९ सीसी | रु. ३१,८०,००० |
| रेनो आरएक्सएल एएमटी | ९९९ सीसी | रु. ३३,९९,००० |
| रेनो आरएक्सटी म्यानुयल | ९९९ सीसी | रु. ३४,७०,००० |
| रेनो आरएक्सटी एएमटी | ९९९ सीसी | रु. ३६,४९,००० |
| रेनो आरएक्सजेड म्यानुयल | ९९९ सीसी | रु. ३८,३९,००० |
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।