नेपालमा एफजी भी थ्रीको लोकप्रियता ।

यामाहा मोटरसाइल भन्ने वित्तिकै ‘एफजी’ सिरिजका मोटरसाइकल मानस्पटलमा घुम्न थाल्छन्।

अन्य मोटरसाइकल भन्दा भिन्न स्टाइल, टेक्नोलोजी र पर्फर्मेन्सले गर्दा नेपाली युवापुस्ता ‘एफजी’ सिरिजसँग प्रभावित छ। यामाहाको ‘एफजी’ सिरिजले नेपाली सडकमा एक दशक राज गरिसकेको छ ।

भर्खरै सार्वजनिक भएको एफजी भी  थ्रीले एफजीको यो विरासतलाई निरन्तरता मात्र दिएको छैन नयाँ उचाइमा पुराएको कम्पनीको भनाइ छ।

यसको डिजाइन, पर्फमेन्स र कम्फोर्टका पारखीको संख्या फैलँदो छ । यसले आफ्नो ग्राहक मात्रै बटुल्दै छैन, यामाहाको उत्पादनमाथिको विश्वास पनि बढाउँदैछ ।

यो बाइक एफजीको विरासत र ‘सिग्नेचर स्टाइलिङ’लाई निरन्तरता दिँदै नेपाली बजारमा ल्याइएको हो । डिजाइनको पक्षबाट हेरेर यो बाइकलाई १५० सीसीको होला भन्ने अनुमान लगाउन धेरैलाई मुस्किल पर्छ ।

यसमा नयाँ ‘फुल-एलईडी डुअल पड हेडल्याम्प युनिट’ र ‘प्रिमियम क्रोम फिनिस’सहितको नयाँ ‘मस्कुलर फ्युल ट्यांक’ छ । अगाडिबाट हेर्दा यो जति पि्रमियम स्टाइलको देखिन्छ, पछाडिको लुक्स उत्तिकै दुर्लभ लाग्छ ।

एफआई इन्जिनमा अत्याधुनिक ‘सेन्सर’ र ‘एक्च्युएटर’ भएकाले आवश्यक मात्रामा इन्धन आपूर्ति हुन्छ । यसले मोटरसाइकलको पर्फर्मेन्स र माइलेज दुवै बढाइदिन्छ । 

यामाहाको नेपाली बिक्रेता एमएडब्लू इन्टरप्राइजेजका सिइओ चिरञ्जीवी शाह नयाँ एफजी भी३ अघिल्ला बाइकभन्दा बढी मस्कुलर, कम्फर्टेबल र सुरक्षित भएको बताउँछन् । एबिएस र फ्युल इन्जेक्सन प्रविधिले आर्थिक र वातावरणीय रूपमा १५० सिसीको उत्कृष्ट बाइक बनाएको उनको कथन छ । 

यसमा १४९ सिसीको ‘सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड ब्लुकोर इन्जिन’ रहेको छ जसले अधिकतम १३.२ बिएचपी पावर र १२.८ एनएम टर्क जेनेरेट गर्छ।

एफजी भी३ को तौल १३७ केजी छ । इन्जिनमा गरिएको सुधारले ‘इनिसियल पिकअप’ बढी र ‘एक्सिलेरेसन स्मुथ’ छ । कम्पनी भन्छ, १० वर्षको अन्तरालमा यो ‘स्ट्रिट फाइटर’ले १५ लाखभन्दा बढीको मन जितिसकेको छ । 

एफजी भी३.० को मूल्य तीन लाख १० हजार छ । यसमा १२.८ लिटर क्षमताको ट्यांकी छ । ‘म्याट ब्लु’, ‘म्याट ब्ल्याक’ र ‘ग्रे सायन’ गरी तीन कलरमा एफजी भी३ उपलब्ध छ । 

Share Page

Related tags to article

0 Comments

Write a comment

menu
menu