Home / Blogs / ओकिनवाको R30 इलेक्ट्रीक स्कुटर सार्वजनिक
  • Latest Bikes
  • 0

ओकिनवाको R30 इलेक्ट्रीक स्कुटर सार्वजनिक

Nepal Auto Trader

Share this News

image

ओकिनवाले बजारमा नयाँ इलेक्ट्रीक स्कुटर R30 सार्वजनिक गरेको छ । यो स्कुटरको उच्चगति क्षमता २५ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यसमा १.२५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ । शो स्कुटरको मूल्य ५८ हजार ९९२ भारतीय रुपैयाँ तोकिएको छ भने यो स्कुटर नेपाली बजारमा पनि छिट्टै उपलब्ध हुने छ् । नेपाली बजारमा यसको मुल्य को जानकारी भने आएको छैन ।

ओकिनवा R30 एकपटकको फुलचार्जमा ६० किलोमिटरसम्म चलाउन सकिने छ । फुलचार्ज गर्न भने ४ देखि ५ घन्टाको समय लाग्ने छ । यसमा कम्पनीले माइक्रो चार्जर उपलब्ध गराउने जनाएको छ । उक्त माइक्रोचार्जरको सहायताले स्कुटर फुलचार्ज भए पश्चात् अटो कट हुने बताइएको छ । ग्राहकले व्याट्रीमा ३ वर्षको वारेन्टी पाउन सक्ने छन् ।

यसका ओकिनवा कम्पनीले इलेक्ट्रीक मोटरसाइकल समेत ल्याउने तयारी गरेको जानकारी पाइएको छ । कम्पनीले २०२०–२०२१ को तेस्रो क्वाटरमा आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल ल्याउने तयारी गरेको जनाएको छ । कम्पनीले ‘ओकि १००’ मोटरसाइकल ल्याउने भएको हो । यो मोटरसाइकल १०० किलोमिटर टप स्पीड क्षमता रहने छ । नेपाली बजारमा पनि लामो समयदेखि आउने भनिएको ओकिनवा कोभिडको कारण आउन नसकेको हो  ।

Our latest comments